बिग्रेडले जित्यो, आज पुलिस र संकटा भिड्ने

समाधान संवाददाता २०७५ माघ १९ गते ९:०८

समाधान संवाददाता

पोखरामा जारी मनकामना कपमा पोखरा ११ लाई हराउँदै बिग्रेड ब्वाइज क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको प्रिक्वाटरफाइनल खेलमा १–० गोलले हराउँदै क्वाटरफाइनल प्रवेश गरेको हो ।

खेलको ७५ मिनेटमा बिग्रेडका लागि विदेशी खेलाडी कजिम बुसारीले गोल गरेका थिए । बुसारीले पोखराका गोलरक्षक अजित पराजुली बिट भएको अवस्थामा सहजै गोल गरेका हुन् । मनोज राइले प्रहार गरेको फ्रि किक पोखराका गोलरक्षकले रोक्ने प्रयास गरेका थिए । सोही समयमा हातबाट फुत्किएको बल किप्पर बिट हुँदा बुसारीले उक्त अवसरको सदुपयोग गरेका हुन् ।

Advertisement

पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि खेलको दोस्रो हाफमा ब्रिग्रेड ब्वाइज क्लबले गोलको अवसर पाएको हो । पहिलो हाफको अतिरिक्त समयमा बिग्रेडका रितिक खड्काले राम्रो अवसर गुमाएका थिए । उनले प्रहार गरेको बल क्रसबार नजिकैबाट बाहिरिएको थियो ।

पोखराको लागि खेलको १८ औं मिनेट हरि गुरुङको प्रहार सेकेन्ड बार नजिकैबाट बाहिरिएको थियो । ३० औं मिनेटमा विनोद गुरुङको प्रहार पनि फस्ट बार नजिकैबाट बहिरिँदा दूर्भाग्यपूर्ण बन्यो । पहिलो हाफमा २ अवसर गुमाएको पोखराले दोस्रो हाफमा राम्रो खेल प्रदर्शन गर्न सकेन ।

Advertisement

दोस्रो हाफमा सुधार गरेको बिग्रेडको लागि १ गोल नै निर्णायक बन्न पुग्यो । पहिलो हाफको अतिरिक्त समयमा बिग्रेडका रितिक खड्काले गरेको प्रहार क्रसबार नजिकैबाट बाहिरिएको थियो ।

खेलको म्यान अफ दि म्याच कजिम बुसारी घोषित भए उनले नगद ५ हजारका साथमा ट्रफी हात पारेका छन्

स्ट्राइकरमा ३ खेलाडी आउन बाँकी रहेको उनले जानकारी दिए । त्यस्तै पोखराका सहायक प्रशिक्षक प्रल्हाद हिराचनले किपरको हातबाट बल फुत्कनु नै हारको कारण भएको बताए । उनले हापभन्दा अघि केही राम्रा अवसर पाएर चुकाउनु पनि हारको कारण बनेको बताए ।

प्रतियोगिता अन्तर्गत शनिबार विभागीय टोली नेपाल पुलिस क्लब र संकटा क्लबबीच हुने आयोजकले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया