माघ २६ देखि पोखरामा विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता

समाधान संवाददाता २०७५ माघ १९ गते १८:१७

समाधान संवाददाता

कास्की जिल्ला क्रिकेट संघको आयोजनामा विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।

माघ २६ गतेदेखि हुने प्रतियोगिातमा पोखरका १२ वटा भन्दा धेरै विद्यालयले सहभागी हुने कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले बताए । प्रतियोगितामा १२ भन्दा धेरै विद्यालयको सहभागि हुने आयोजकले जानकारी दिएको छ । ‘१२ विद्यालयले अहिलेसम्म सम्र्पकमा आउनुभएको छ,‘सिग्देलले भने,‘अन्य केही विद्यालय आएमा सोमबार सम्म सहभागिता जनाउन सक्नुहुने छ ।’ प्रतियोगितामा कक्षा १२ सम्मका खेलाडीहरुले सहभागिता जनाउन पाउनेछन् ।

प्रतियोगिातको विजेताले २५ हजार रुपैयाँ, उपविजेताले १५ हजार साथमा मेडल ट्रफि पुरस्कार प्राप्त गर्ने उनले बताए ।

Advertisement

प्रतियोगितालाई ह्वाई वरी इभेन्ट म्यानेजमेन्ट प्रालिले संयोजन र व्यवस्थापन गर्नेछ । बेष्ट व्याट्सम्यान, बेष्ट बलर, म्यान अफ दि सिरिज र इमर्जिङ प्लयेर तथा खेलको म्यान अफ दि म्याचलाई ट्रफि प्रदान गरिने छ ।

अहिले क्रिकेट मैदान मर्मतको कार्य भैरहेको छ । यस प्रतियोगिाताले क्रिकेट खेलाडी उत्पादनमा सहयोग गर्ने उनले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया