टि २० क्रिकेटः इतिहास रच्न आज मैदानमा उत्रदै नेपाल

समाधान संवाददाता २०७५ माघ २० गते ११:२३

समाधान सम्वाददाता

आईसीसीबाट ४ वर्षलाई एक दिवसीय मान्यता पाएपछि दोस्रो सिरिज खेलिरहेको नेपाललाई आज इतिहास बनाउने सुनौलो अवसर रहेको छ ।

तीन एक दिवसीय र तीन टी–२० को सिरिज खेल्न गएको नेपालले आज यूएईविरुद्ध तेस्रो तथा अन्तिम टी–२० खेल्दै छ । पहिलो टी–२० मा २१ रनले पराजित भएको नेपाल दोस्रो टी–२० मा ४ विकेटको जित निकाल्दै सिरिजमा पुनरागमन गरेको छ ।

Advertisement

हुन त एक दिवसीय सिरिज जित्दा पनि नेपालले यस्तै नतिजा आत्मासाथ गर्दै पहिलो सिरिज आफ्नो नाममा पारेको थियो ।

आजको टी–२० को नतिजाले सिरिजनको छिनोफानो हुने छ । दुवै टिमले एक एक खेल जितेकाले अन्तिम खेल निर्णायक हुने छ । नेपाल एक दिवसीय जसरीनै सिरिज जित्दै इतिहास बनाउने दाउमा छ । तर यूएईले एक दिवसीय सिरिज गुमाएको पीडा विर्सन पनि टी–२० सिरिज जित्न खोज्ने छ ।

Advertisement

तपाईको प्रतिक्रिया