फेरी बढायाे सरकारले पेट्राेलियम पदार्थकाे मूल्य

समाधान संवाददाता २०७५ माघ २० गते १३:२६
All the effects are created with gradient mesh, blending and transparent effects. Open the file only in transparency supported software.

समाधान संवाददाता, काठमाडाैं

सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मटि्टतेलमा २/२ रुपैयाँ वृद्धि भएको छ ।

अब पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ पुगेको छ भने डिजेल र मटि्टतेलमा ९७ रुपैयाँ पुगेको छ । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य सूचीअनुसार भाउ बढाएको हो ।

Advertisement

निगमलाई अहिले १ अर्ब ६ करोड सञ्चित नोक्सानी छ । यो पटक मूल्य समायोजनपछि निगमलाई १५ दिनमा १ अर्ब १६ करोड नाफा हुने प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए । अन्तर्राष्ट्रिय बजारमा मूल्य निकै सस्तो हुँदा पनि सरकारले त्यसअनुरुप मूल्य समायोजन गरेको छैन । आफू सञ्चित घाटामा रहेको तर्क गर्दै निगमले मूलय समायोजन गर्दा नाफा बढाउँदै लगेको छ ।

निगमका अधिकारीरु सञ्चित घाटा पूर्ति भएपछि सीमित नाफा राखेर मूल्य एकैपटक घटाउने दावी गर्छन् । निगममा हालै मात्र सुरेन्द्र पौडेल प्रवन्ध निर्देशकका रुपमा आएका छन् । घाटामा रहेको उदयपुर सिमेन्टलाई नाफा लगेका कारण नै उनलाई निगममा जिम्मेवारी दिइएको थियो । तर उनको नेतृत्वले पनि विगतको जस्तै उपभोक्ताको ढाड सेकिने गरी नाफा केन्दि्रत भएर मूल्य तोक्न थालेको भन्दै उपभोक्तावादीहरु आरोप लगाउँछन् ।

Advertisement

निगमले नाफा उच्च राखेर मूल्य बढाएपछि उपभोक्ता थप महंगीको मारमा पर्ने भएका छन् । यसअघि दशैंतिहारका बेला घाटा हुँदला पनि मूलय नबढाएको भन्द्यै निगमका अधिकारीले त्यो घाटा पूर्ति भएपछि वैज्ञानिक तवरबाट मूल्य समायोजन गरिने बताएका छन् ।

तपाईको प्रतिक्रिया