नेहा श्रेष्ठ बनिन् मिस गोरखा २०१९

समाधान संवाददाता
गोरखा
मिस गोरखा २०१८ को ताज नेहा श्रेष्ठले पहिरिएकी छन् । शनिबार राति भएको फाइलनमा १४ प्रतिस्पर्धीलाई पछि पार्दै गोरखा नगरपालिका– नम्बर ६ ठूलोआँगनकी श्रेष्ठले ताज पहिरिएकी हुन् । उपाधिसँगै उनले नगद ५० हजार र अन्य आर्कषक पुरस्कार समेत प्राप्त गरेकी छन् । नेहा द्रव्य शाह बहुमुखी क्याम्पसमा बिबिएस चौथो वर्षमा अध्ययनरत छन् । उनलाई वर्ष २०१७ अर्थात् पहिलो मिस गोरखा इशा शाहले ताज पहिराएकी हुन् ।
यसैगरी दोस्रो मिस गोरखाको फस्ट रनर अफ उपाधि किरण घलले जितेकी छिन् । उनले नगद ३० हजारसहित विभिन्न आर्कषक पुरस्कार हात पारिन् । सेकेन्ड रनर अफ प्रिती थापाले नगद २० हजारसहित विभिन्न पुरस्कार पाएको आयोजक सौन्र्दय कला व्यवसायी संघकी अध्यक्ष सुकु श्रेष्ठले जानकारी दिइन् ।
मिस गोरखा २०१८ को थर्ड रनर अफ प्रिती गैरेले नगद १० हजारका साथमा अन्य पुरस्कार पनि पाइन् । प्रतियोगिताको बेस्ट फिगर अवार्ड पवित्रा बयलकोटी, मोस्ट हार्डवर्किङ अवार्ड शान्ता श्रेष्ठ, बेस्ट ट्रेनी अवार्ड प्रिती गैरे, मोस्ट पपुलार मनीषा भन्तना, बेस्ट स्माइल अवार्ड प्रिती थापा, मोस्ट पङ्चुअल अवार्ड शान्ति तमाङ, मोस्ट स्टाइसिस् अवार्ड निकीता घले र मोस्ट फ्रेन्डली अवार्ड अनु शाक्य पाएकी छिन् । यसैगरी बेस्ट वाल्क अनुश्का सुनार, बेस्ट फोटो जेनिक नेहा श्रेष्ठ, मोस्ट डिसिप्लिन सिता सुनार, मोस्ट ट्याल्डटेड किरण घले र मोस्ट भिवर च्वाइस अवार्ड अनुश्का सुनारले जितेकी छिन् ।
सौन्र्दय कला व्यवासायी संघको आयोजना भएको उक्त कार्यक्रमको फाइलनमा ख्यातिप्राप्त सौन्र्दयकर्मी, फोटोविज्ञ, कोरियोग्राफर लगायत विभिन्न व्यक्तिहरुले अन्तिम निर्णय गरेका हुन् । नयाँ बजारस्थित गोरखाकाली चलचित्र मन्दिरमा भएको समापन कार्यक्रममा कालिका कला केन्द्रका कलाकारहरुले सास्कृतिक प्रस्तुति समेत देखाएका थिए ।








सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा
लेखनाथमा भोलिबाट महोत्सव
मादी पुल वैशाखभित्रै बन्ने
सम्पादकीय—निर्वाचन सुरक्षा र प्रहरी प्रशासनको दायित्व
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया