जापानकाे मुराकामी बक्सिङ च्याम्पियनशिपमा नेपाली बक्सर मनाेहर बिजयी

समाधान संवाददाता २०७५ माघ २१ गते १२:४७

टोकियो

जापानकाे याेकाेहामामा सम्पन्न मुराकामी बक्सिङ च्याम्पियनशिपमा नेपाली राष्ट्रिय बक्सिङ च्याम्पियन मनाेहर बस्नेत बिजय भएका छन् । जापानका पूर्व राष्ट्रिय च्याम्पियन इतोसंग भएको भिडन्तमा पहिलो राउन्डमै नकाउट गरेर बस्नेत बिजय भएका हुन् ।

नेपाली बक्सरहरुले जापानमा व्यावसायिक बक्सिङमा भिडन्त गरेको यो सम्भवत अहिलेसम्मकै ठूलो भिडन्त हो ।

Advertisement

जापानमा नेपाली झण्डा फहराउने लक्ष्य सहित आएका उनले अन्ततः आफ्नो लक्ष्य पूरा गरेर देशकै नाम उच्च राखेका छन् । जापानी समय दिउँसो २ बजे योकोहामाकाे होटेल मेल पार्क स्थित स्टेडियममा उक्त भिडन्त भएको थियो । साे भिडन्त हेर्न गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष भवन भट्टसहित थुप्रै नेपालीहरु स्टेडियममा पुगेका थिए।

नेपालमा १४ पटकसम्म राष्ट्रिय बक्सिङ च्याम्पियन बनेका बस्नेतले ३ पटक सम्म बक्सिङ वेष्ट प्लेयर अवार्ड समेत जितेका छन् । ५ महिना अघि भारतीय राष्ट्रिय बक्सिङ च्याम्पियन असिदिप बुलरलाई हराएर सनसनी मच्चाएका बस्नेतले आफ्नाे जितलाई निरन्तरता दिंदै जापानी बक्सरमाथि जित हासिल गरेर नेपाली झण्डा फहराउन सफल भएका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया