पेन्सन बुझ्नै लाग्दा बैंकभित्रै निधन
समाधान संवाददाता
२०७५ माघ २२ गते ८:२५

समाधान संवाददाता–स्याङ्जा
पेन्सनको लिन जिल्ला सदरमुकाम आएका चापाकोट नगरपालिका २ का ७५ वर्षीय हेमराज अर्यालको नेपाल बैंक लिमिटेड कार्यालयमै मृत्यु भएको छ । कार्यालयभित्र पेन्सन बुझ्न पालो कुरेर बसेका अर्यालको अचानक ढलेर मृत्यु भएको उनका साहिँला छोरा कृष्णकान्त अर्यालले बताए ।
पेन्सन झिक्ने र पोखरामा गई उपचार गराउने गरी चापाकोटबाट आएका अर्याल मुटु र उच्च रक्तचापसम्बन्धी रोगबाट पीडित भएको पारिवारिक स्रोतले जनायो ।
पेन्सन बुझ्नका लागि पालो कुरेर उभिरहेका बेला अचानक ढलेपछि जिल्ला अस्पताल पुर्याउँदा अर्यालको मृत्यु भइसकेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजकुमार लम्सालले पुष्टि गरेका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया