जलजलामा एनआइसीकाे शाखा

समाधान संवाददाता २०७५ माघ २२ गते १४:४१

समाधान संवाददाता
पोखरा

निजी क्षेत्रको सबैभन्दा ठूलो बैंक एनआइसी एसियाले पर्वतको जलजला गाउँपालिकामा शाखा सञ्चालनमा ल्याएको छ । जलजला गाउँपालिका ३ वारीवेनी शाखाको सोमबार गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले उद्घाटन गरे ।

मल्लले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउन सफल हुनु एनआइसी एसिया बैंकको सकारात्मक पक्ष भएको बताए । १ वर्ष अगाडिबाट कारोबार सुरु भएको उक्त शाखाको सोमबार ‘ग्रान्ड ओपनिङ’ गरिएको एनआइसी गण्डकी प्रदेशका क्षेत्रीय प्रवन्धक दीपेन्द्र शर्माले जानकारी दिए ।

Advertisement

कार्यक्रममा पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्य, उद्योग वाणिज्य संघ जलजला उपशाखाका निमित्त उपप्रमुख चित्रराज रेग्मी, समाज कल्याण आधारभूत विद्यालयका प्रधानाध्यापक ओमबहादुर जिसी, एनआइसी एसिया बैंक वारीवेनी शाखा प्रमुख गणेश पौडेल, जलजला गाउँपालिका ३ का कार्यवाहक अध्यक्ष शशि शर्मा लगायतले बोलेका थिए ।

एनआइसीको शाखा सञ्जाल देशभर २ सय ७५ पुगेका छन् । ‘बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले बैंकले धेरै सफलता पाएका छ,’ क्षेत्रीय प्रवन्धक शर्माले भने । बैंकले २ सय ८९ वटा एटिएम, ३९ वटा एक्सटेन्सन काउन्टर एवं २३ वटा शाखारहित बैंकिङ इकाइमार्फत बैंकिङ सेवा दिइरहेको छ ।

Advertisement

बैंकको वासलातको आकार २ सय १८ अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब १ सय ७५ अर्ब तथा कर्जा १ सय ४९ अर्ब छ । यसरी एनआइसी नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा पहिचान बनाउन सफल भइसकेको नायब प्रमुख सूचना अधिकृत अर्जुनराज खनियाले बताए ।

हालसम्म बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५० हजार छ । ‘संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको छ,’ बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा कार्यालय सञ्चालन गर्ने योजना अगाडि सारेको छ ।’

तपाईको प्रतिक्रिया