मेगाको १०१औं शाखा भीमसेन थापा गाउँपालिकामा

समाधान संवाददाता २०७५ माघ २३ गते ११:०६

समाधान संवाददाता, गोरखा

भीमसेन थापा गाउँपालिकामा मेगा बैंकले औपचारिक सेवा सुरु गरेको छ । मेगा बैंक लिमिटेडको १ सय १ औं शाखा भीमसेनको घ्याम्पेसालमा स्थापना गरिएको हो । गाउँपालिका अध्यक्ष ईश्वर पाण्डेले मंगलबार उक्त शाखाको उद्घाटन गरे ।

२०७५ जेठ १३ गतेबाट भीमसेन थापा गाउँपालिका वडा १ घ्याम्पेसाल कार्यालय सञ्चालन गरी सेवा सुरु गरेको उक्त बैंकले अहिलेसम्म ८ करोड निक्षेप संकलन गरेको छ । शाखा प्रबन्धक सुमन बगालेले बैंकले हालसम्म गरेका गतिविधिहरुको बारेमा जानकारी गराएका थिए । उक्त बैंकमा अहिलेसम्म ८ सय ५० जनाले सेवाग्राहीले खाता खोलेका छन् ।

Advertisement

१ स्थानीय तह १ बैंक नीति अनुसार भीमसेनमा खटिएको मेगाले एबिबिएस, सिएएसबिए, क्रेडिट कार्ड, मोबाइल बैंकिङ÷एसएमएस बैंकिङ, अनलाइन बैंकिङ, अनलाइन एकाउन्ट ओपन लगायतका सुविधा दिँदै आएको शाखा प्रबन्धक बगालले जानकारी दिए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष पाण्डेले जनताको चाहना र भावना अनुसार बैंकले सेवा प्रदान गर्नुपर्नेमा जोड दिएका थिए । सरल ब्याजदरमा कर्जा प्रभाव गरी नागरिकलाई व्यावसायिक बनाउन उक्त बैंकले सहयोग गर्ने उनको विश्वास छ ।

Advertisement

तपाईको प्रतिक्रिया