अझै पुरा हुन सकेन स्मार्ट लाइसेन्सकाे समस्या

समाधान संवाददाता २०७५ माघ २३ गते १३:१३

समाधान संवाददाता
पोखरा

अहिले देशभर हजारौंले स्मार्ट लाइसेन्स कुरिरहेका छन् । यो समस्या भोग्नेमा यातायात कार्यालय (लाइसेन्स) गण्डकीका सेवाग्राही पनि छन् । अहिलेसम्म १ लाख स्मार्ट लाइसेन्स माग भएकोमा अहिलेसम्म २० हजार भन्दा पनि कम वितरण गरिएको कार्यालयका सूचना अधिकारी भरतमणि बरालले जानकारी दिए ।

बरालले देशभरि भइरहेको स्मार्ट लाइसेन्स समस्या हटाउन स्मार्ट लाइसेन्स विधि नै बन्द गर्नुपर्ने बताए । उनले भने, ‘यो समस्या हटाउन कि पहिले अर्को विकल्प सोच्नुपर्छ कि स्मार्ट लाइसेन्स नै बन्द गर्नुपर्छ ।’ उनले कार्यालयमा दैनिक ३ सयभन्दा बढी सेवाग्राही आउने गरेको खुलाए ।
‘३÷४ जना कर्मचारी स्मार्ट लाइसेन्सबारे बुझाउनै खटाउनु परेको छ । सेवाग्राहीलाई बुझाउनै गाह्रो छ,’ बरालले भने, ‘स्मार्ट लाइसेन्स नआउनु हाम्रो कमजोरी होइन । यो त यातायात व्यवस्था विभागले छाप्ने हो ।’ उनले नयाँ र नवीकरण गर्न आएका सेवाग्राही थपिएकाले झन् समस्या बढेको बताए ।

Advertisement

बरालले गण्डकीमा मात्रै ६०÷७० हजार जनाले लाइसेन्स पाउनै बाँकी रहेको सुनाए । ‘थोरै आउँछ । आएकामध्येमा पनि धेरै बिग्रिएर आउँछ । एउटा हुनुपर्नेमा अर्को भएर आउँछ,’ उनले भने, ‘त्यस्तो भएको खण्डमा झन् बढी समस्या हामीलाई नै हुन्छ ।’ उनले गण्डकीमा मोटरसाइकलपछि सबैभन्दा बढी लाइसेन्स आवेदन दिनेमा कार चालक भएको खुलाए ।

Advertisement

तपाईको प्रतिक्रिया