पोखरामा आज सशस्त्र र जापान भिड्ने

समाधान संवाददाता २०७५ माघ २५ गते ७:५२

समाधान संवाददाता

नेपाल फुटलब संघ एन्फाले आयोजनमा जारी छैटाैं मनकामना कप २०७५ को पहिलो सेमिफाइनलका बिहीबारका लागि तोकिएको खेल वर्षाको कारण स्थगित भएको छ ।

सशस्त्र प्रहरी बलको एपीएफ क्लब र जापानको रुसे विश्वविद्यालयबीच तोकिएको खेल झरीका कारण सञ्चालन गर्न नसकिएको कास्की एन्फाका अध्यक्ष मिलन गुरुङले जानकारी दिए । पोखरामा बिहीबार बिहानदेखि पानी परेको थियो ।

Advertisement

बिहीबारका लागि तोकिएका खेल शुक्रबार खेलाइने अध्यक्ष गुरुङले बताए । बिहीबारको खेल स्थगित भएपछि शनिबार सकिने पूर्वनिर्धारित खेल तालिका परिवर्तन भएको छ । शनिबारका लागि निर्धारित खेल आइतबार खेलाइने आयोजकले जनाएको छ ।

शुक्रबार क्यामरुनी टिम डफिन्स फुटबल क्लब परिवारले मनाङ मस्र्याङ्दी क्लबसँग खेल्ने तय गरिएको थियो । उक्त खेल शनिबारको लागि सरेको छ ।

Advertisement

नेपाल पुलिस क्लबलाई १–० खेलको अन्तर पार्दै जापानी टोली क्वाटरफाइनलबाट सेमिफाइनलमा प्रवेश गरेको हो ।

एपीएफले थ्री स्टारलाई १–० गोलको अन्तर पार्दै सेमिफाइनलमा प्रवेश गरेको हो । हिमालयन शेर्पा क्लबलाई २–१ को अन्तरले एपीएफ क्लब क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

यसैगरी अन्तर्राष्ट्रिय टेनिस महासंघको आयोजना तथा कास्की जिल्ला टेनिस संघको संयोजनमा पोखरा रंगशालामा जारी १८ वर्षमुनिको डिभिजन ५ आइटिएफ टेनिस प्रतियोगिताका बिहीबारका खेल पनि स्थगित भएका छन् ।

प्रतियोगिता अन्तर्गत बिहीबार पुरुष तथा महिला एकलतर्फ क्वाटरफाइनल तथा डबल्सतर्फ सेमिफाइनलका खेल सञ्चालन गर्ने खेल तालिका थियो । बिहीबारका खेलहरु शुक्रबार खेलाइने कास्की जिल्ला टेनिस संघले जनाएको छ । टेनिस प्रतियोगिता शनिबार सकिने छ ।

तपाईको प्रतिक्रिया