जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्ने तयारी
समाधान संवाददाता
२०७५ माघ २५ गते १२:०६

रासस, धनुषा
जनकपुरको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राखिने भएको छ ।
पुरातत्व विभागका टोलीसँगै युनेस्कोबाट आएका क्रिष्टन मनहर्टले जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहसँग बिहीबार यस विषयमा छलफल गरेका थिए ।
उक्त सूचीमा राख्न अधिकाँश प्रक्रिया पूरा भए पनि अझै केही गर्नुपर्ने बाँकी रहेको मनहर्टले जानकारी दिएकाे उपमहानगरप्रमुख साहले बताए । मनहर्टले विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पूर्वाधारसम्बन्धी पुस्तक आफूलाई दिएको र सो बमोजिम बाँकी प्रक्रिया पूरा आग्रह गरेका उनले उल्लेख गरे ।
उपमहानगरप्रमुख साह तथा उपप्रमुख रिताकुमारी मिश्रले मनहर्टको सम्मान गरका थिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया