पोखरीमा भेटियो महिलाको शव
समाधान संवाददाता
२०७५ माघ २५ गते १७:३६
भक्तपुर, रासस
घरबाट हराएको दोस्रो दिनमा भक्तपुर नगरपालिका– २ ठूलो ब्यासीस्थित पोखरीमा एक महिलाको शव भेटिएको छ ।
भक्तपुर नगरपालिका– ३ बताले बस्ने ४९ वर्षीया गङ्गा छुकाँको शव पोखरीमा भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता रेवतिरमण पोखरेलले जानकारी दिनुभयो ।
हिजो साँझ घरबाट हराएको भन्ने जानकारी पाएको बताउँदै उहाँले घटनाको अनुसन्धान अगाडि बढाएको बताउनुभयो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया