हिलाम्य मैदानमा जापान बाहिरियो, आज क्यामरुन र एमएमसी खेल्ने

समाधान संवाददाता २०७५ माघ २६ गते १०:०६

समाधान संवाददाता

पोखरा रंगशालामा जारी पोखरा मनकामना केबलकार कपको सेमिफाइनलमा जापानी टोलीलाई हराउँदै सशस्त्र प्रहरी बल एपिएफ फाइनल प्रवेश गरेको छ । दिनभरकाे वर्षाले हिलाम्य भएकाे मैदानमा जापानको रिस्सो विश्वविद्यालयलाई टाइब्रेकरमा ४–१ गोलले हराउँदै एपिएफ फाइनल प्रवेश गरेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफका गोलरक्षकले १ पेनाल्टी बचाउ गर्दै एपिएफलाई फाइनल पुर्‍याएका हुन् ।

९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा पनि दुवै टिमका खेलाडीले गोल गर्न नसक्दा खेल टाइब्रेकरमा पुगेको हो । एपिएफका गोलरक्षक राजु नगरकोटी म्यान अफ दी म्याच घोषित भए । उनले ५ हजार रुपैयाँ र ट्रफी हात पारे ।

Advertisement

जापानको खेल स्तरीय हुँदा पनि जित्न सफल भएको एपिएफका प्रशिक्षक राजेन्द्र तामाङले बताए । गोलरक्षकले निकै उत्कृष्ट खेल देखाएका कारण नै जित सफल भएको उनले बताए । एपिएफको टोली कमजोर भए पनि जापानी खेलाडीका लागि उपयुक्त मैदान नभएको बताए ।

‘जापानको तुलनामा हामी कमजोर छाै,’ तामाङले भने, ‘तर पनि रणनीति अनुसार खेल्दा जित हात पर्‍यो ।’ मैदान प्रतिकूल नहुँदा आफूलाई फाइदा भएको उनले बताए ।

Advertisement

रिस्सो विश्वविद्यालयले गरेका करिब दर्जनौं प्रहारलाई एपिएफका गोलरक्षक राजु नगरकोटीले निकै उत्कृष्ट बचाउ गरेका थिए । ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको हो । एपिएफलाई निकै दबावमा राखेको रिस्सोले एपिएफलाई गोल गर्ने अवसर दिएन । राम्रो खेल प्रदर्शन गरेको रिस्सो विश्वविद्यालयले खेलको १३ औं मिनेटमा केसुकिको क्रस पासमा कोयोजी फुजिमोरीको प्रहार एपिएफका गोलरक्षक राजु नगरकोटीले पन्च गर्दै बचाउ गरे ।

खेलको ४५ औं मिनेटमा नाट्सुकीले गरेको प्रहार फस्टबार नजिकैबाट बाहिरिन पुग्यो । ५४ औं मिनेटमा टाकुया हिटोमीले गरेको प्रहार गोलरक्षकले पन्च गरे । ६२ औं मिनेटमा योटा उमेहाराको पासमा योजी फुजिमोरीले गरेको प्रहार गर्दा गोलरक्षकले बचाउ गरे । ८५ मिनेटमा योटाले नै गरेको प्रहार गोलरक्षकले उत्कृष्ट बचाउ गरे । ९० औं मिनेटमा फुजिमोरीले डिबक्स भित्रबाट गरेको प्रहारलाई गोलरक्षकले डाइभ गर्दै बचाउ गरे ।

९३ औं मिनेटमा उमेहाराले गरेको उत्कृष्ट प्रहार फस्टबारमा लागि फर्किन पुग्यो । १ सय ४ मिनेटमा नासुकी टकेडाको क्रसपासमा यसुताका सुजुकीले गरेको हेडमा पुन गोलरक्षक बाधक बन्न पुगे ।

जापानका प्रशिक्षक ताकेसेक तोकाइरिनले विपक्षीका गोलरक्षक र डिफेन्सले राम्रो खेल प्रदर्शन गरेको कारण दोस्रो हाफमा कमजोर देखिएको बताए । पहिलो पटमा प्रहार गरेको बल पोलमा वा किप्परको हातबाट फुत्केपछि दोस्रो पटक सोही बल प्रयोग गर्न नसेको नै कमजोरी भएको बताए । उनले सोचेको जस्तो खेल प्रर्दशन गर्न नसकेको बताए ।

प्रतियोगिता अन्तर्गत शनिबार पाहुना टोली क्यामरुनको डफिन्स टिम फेमिली र मनाङ मस्र्याङ्दीबीच दोस्रो खेल हुने आयोजकले जनाएको छ । क्यामरुनले च्यासल युथ क्लब र नेपाल पुलिस क्लबलाई डिफेन्स टिम फेमिलीले जितको हो । थ्री स्टार ब्रिगेड ब्वाइज र आयोजकलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

तपाईको प्रतिक्रिया