एपिएफ र क्यामरुन फाइनलमा

समाधान संवाददाता २०७५ माघ २७ गते ८:१०

समाधान संवाददाता

पोखरा रंगशालामा जारी पोखरा मनकामना केबलकार कपको सेमिफाइनल प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा पाहुना टोली क्यामरुनको डफिन्स टिम फेमिलीले मनाङ मस्र्याङ्दीलाई हराउँदै फाइनलमा प्रवेश गरेका छन् ।

शनिबार भएको क्यामरुनको डफिन्स फेमिली क्लब र मनाङ मस्र्याङ्दीबीचको खेलमा निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

अतिरिक्त समयमा पनि दुवै टोलीले गोल गर्न नसक्दा खेल टाइब्रेकरमा धकेलिएको हो । टाइब्रेकरमा समेत बराबरी हुँदा खेल सडनडेथमा पुगेको हो ।

Advertisement

अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा दुवै टिमले केही अवसर पाए पनि सदुपयोग गर्न नसक्दा सडनडेथ सम्म पुग्न परेको हो ।

पोखरा रंगशाला फुटबल मैदानमा शनिबार भएको खेलमा क्यामरुनी टिमले अग्रता लिएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिँदा खेलको ६६ औं मिनेटमा क्यामरुनको डफिन्स टिम फेमिलीका अर्मेल अहन्दाले गोल गर्दै अग्रता लिए पनि सहजै जित हात पार्न सकेन ।

Advertisement

खेलको ८० औं मिनेटमा मनाङका ओलावालाले हेड गोल गर्दै अंक बराबर बनाए । मनाङका विमल रानाले दिएको क्रसपासमा ओलावालाले गरेको हेडलाई क्यामरुनी क्लब डफिन्सका गोलरक्षक प्रिसोले बचाउ गरेको बल रिबाउन्ड हुँदा ओलाआलाले फेरि हेड गर्दै गोल गरेका थिए ।

खेलको म्यान अफ दि म्याच डफिन्सका अर्मेल अहन्दा घोषित भए । उनले नगद ५ हजारको साथमा ट्रफी हात पारे ।

प्रतियोगितामा डफिन्सले यस अघि प्रिक्वाटरफाइनल खेलमा च्यासल युथ क्लबलाई, क्वाटरफाइनलमा विभागीय क्लब त्रिभुवन आर्मी क्लबलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

मनाङलाई हराएको डफिन्सले उपाधिको लागि विभागीय टोली सशस्त्र प्रहरी बल एपिएफसँग खेल्ने छ । डफिन्सले मनाकामना कपमा पहिलो पटक भाग लिएको हो ।

एपएिफले थ्री स्टारलाई हराउँदै सेमिफाइनलमा, हिमालयन शेर्पा क्लबलाई हराउँदै क्वाटरफाइनलमा र रुसे विश्वविद्यालयको जापानी टोलीलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

तपाईको प्रतिक्रिया