गण्डकीमा वर पीपल जोगाउन कानुनै बन्यो

समाधान संवाददाता २०७५ माघ २८ गते ८:३१

समाधान सम्वाददाता

गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले आइतबार २ विधेयक प्रमाणीकरण गरेका छन् । ‘वर, पीपल, समी र चौतारो संरक्षण तथा व्यवस्थापन गर्न बनेको विधेयक’ र ‘सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रदेश प्रमुखले प्रमाणिकरण गरेका हुन् ।

गण्डकी प्रदेश सभाले माघ ८ गते पारित गरेका २ विधेयकलाई गण्डकी प्रदेश सभामुख नेत्रनाथ अधिकारीले माघ १५ गते प्रमाणित गरेपछि गण्डकी प्रदेश सभा सचिवालयले प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो ।

Advertisement

नेपालको संविधान धारा २०१ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले विधेयक प्रमाणिकरण गरि त्यसको सूचना यथासम्भव चाँडो प्रदेश सभालाई दिनुपर्ने व्यवस्था छ । सोही धाराको उपधारा ५ बमोजिम प्रदेश प्रमुखबाट प्रमाणिकरण भएपछि विधेयक ऐन बन्छ ।

गण्डकी प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव एवं सूचना अधिकारी विश्वप्रकाश न्यौपानले प्रदेश प्रमुख कुँवरले प्रमाणीकरण गरेका ती विधेयकमध्ये १ प्रति प्रदेश प्रमुखको कार्यालयमा राखिएको जानकारी दिए ।

Advertisement

सूचना अधिकारी न्यौपानले बाँकी चारप्रतिमध्ये आइतबार नै आन्तरिक मामिला तथा कानुन मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, प्रदेश सभाको सचिवालय र संघीय कानुन तथा संसदीय व्यवस्था मन्त्रालयमा १-१ प्रति पठाइएको बताए ।

तपाईको प्रतिक्रिया