सेति दाेभान माेटरेबल पुल निमार्ण सम्झौताको ५ वर्षपछि बल्ल काम सुरु

समाधान संवाददाता २०७५ माघ २८ गते १३:११
:ofªhfsf] gf“u8f8f–;]tLbf]efg–l;?jf/L ;8sv08 cGtu{t cf“wLvf]nfl:yt lgdf{0ffwLg cj:yfdf /x]sf] df]6/]an k'n . tl:a/ k|ltIff sfkmn]÷sflGtk'/ .

अर्जुन काफ्ले
स्याङ्जा

नेपालकै पहिलो होमस्टे सिरुबारी पुग्ने सेती दोभान मोटरेबल पुलको निर्माण सम्झौता भएको ५ वर्ष पुग्नै लाग्दा बल्ल कामले तीव्रता पाएको छ । पुल निर्माण भई हस्तान्तरण गर्नुपर्ने समय सकिएको करिब ३ वर्ष पुग्ने बेलामा पुलको कामले गति लिएको हो ।

२८ महिना पहिले हस्तान्तरण गर्नुपर्ने पुल प्राविधिक समस्या भएको भन्दै ठेकेदारले १५ प्रतिशत काम गरेपछि नै रोकेका थिए । २०७१ असोज २६ गते सम्झौता गरिएको मोटरेबल पुल २०७३ असोज २५ गते सक्नुपर्नेमा निर्माण थालनी भएको ६ महिनामा काम रोकिएको थियो । ३ करोड २७ लाख लागतमा सिंगल स्पाम, ४० मिटर लम्बाइ र ७ मिटर चौडाइको उक्त पुलको कान्छाराम आशेष जेबीले निर्माण जिम्मा लिएको थियो ।

Advertisement

पुलको रड हाल्ने, सम्याउने, खाल्डो खन्ने, डोजर लगाउने कामसहित निर्माण कार्य गरिएको र काम करिब २० प्रतिशत सकिएको छ । ४ वर्षसम्म अलपत्र पुलको निर्माण २०७६ वैशाख मसान्तसम्म सक्ने गरी गाउँपालिका र सडक डिभिजनसँग सम्झौता भएपछि कामअघि बढेको गाउँपालिका अध्यक्ष सुधीरकुमार पौडेलले बताए ।

प्राविधिक समस्याका कारण पुल निर्माण समयमै नसकिएको ठेकेदार ऋषिराम गौतमले दाबी गरेका छन् । तर सडक डिभिजनले भने ठेकेदारको आलटाल र लापरबाहीले निर्माण हुन नसकेको जनाएको छ । ‘पुलको उचाइ ४० मिटर थियो, पछि ४५ मिटर बनाउने भने,’ ठेकेदार गौतमले भने, ‘होचो भयो भन्दै इन्जिनियरले डिजाइन बनाउन २ वर्ष लगाउँदा ढिला भएको हो ।’ ४५ मिटर उचाइको पुल बनाउन विभागले बजेट पुग्दैन भनेपछि अन्तिममा ४० मिटरकै बनाउने सहमति भएको थियो ।

Advertisement

तोकिएको समयमा पुल निर्माण नसक्दा आफैंलाई पनि अफ्ठ्यारो परेको बताउँदै ठेकेदार गौतमले अब रफ्तारमा काम अगाडि बढाएको र दोस्रो पटक पाएको समय वैशाखसम्म पुल हस्तान्तरण गर्ने बताए । नागडाँडा–सेतीदोभान–सिरुबारी सडकखण्ड अन्तर्गत आँधीखोलामा निर्माण थालिएको मोटरेबल पुल निर्माणपश्चात सेतीदोभानसँगै सिरुवारी क्षेत्रका स्थानीयको जीविकामा सहजता हुने समाजसेवी अर्जुन ढकालले बताए । पुल निर्माण नभएकै कारण सिरुबारी पुग्ने पर्यटक बीचबाटोबाटै फर्कने गरेको ढकालले बताए ।

पोखराबाट २७ किलोमिटर यात्रापछि पुगिने सिरुबारी पुल बनेपछि २१ किलोमिटर यात्रामा नै पुगिनेछ । नागडाँडाबाट सेतीदोभान र सेतीदोभानबाट सिरुवारी पुग्ने सडकसँगै पुलको निर्माण भए सिरुबारी आउने पर्यटक अझै धेरै हुने गाउँपालिका उपाध्यक्ष शर्मिला पौडेल बताउँछिन् । ३ वर्ष पहिले खरिद गरिएका सामग्री जीर्ण भइसकेकाले पुल निर्माण थालेसँगै नयाँ सामग्री गरिद गर्नुपर्ने पौडेलको भनाइ छ ।

पुल नहुँदा कृषिजन्य वस्तु ढुवानीमा समेत समस्या भएको स्थानीय भुवानीप्रसाद ढकाल बताए । पुल निर्माण भएसँगै जिल्लाका उत्तरी भेगका दराैं, पञ्चमुल, आरुचौर, चिलाउनेबास, बिचारीचौतारा, फापरथुम, सेतीदोभान साथै पर्वतका साविक केही गाविसका स्थानीय लाभान्वित हुनेछन् ।

तपाईको प्रतिक्रिया