केवलकारको डिपिआर नेपालमै बन्ने

समाधान संवाददाता २०७५ माघ २८ गते १३:३१

कृष्ण न्यौपाने
दमौली


केवलकारको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अब नेपालमै हुने भएको छ । यसअघिसम्म केवलकारको विस्तृत परियोजना प्रतिवेदन लगायतका प्राविधिक काम लागि स्विटजरल्यान्ड, अस्ट्रेलिया, बेलायतमा मात्रै हुने गरेकोमा अब भने नेपालमै यसको सुविधा प्राप्त हुने भएको छ ।

पोखरामा कार्यालय रहेको आरकेडी रियल स्टेट एन्ड कन्ट्रक्सन कम्पनी लिमिटेडले केवलकारका लागि आवश्यक डिपीआर बनाउने गरी भारतको सिआरए कम्पनी र बेलायतको ब्रे को कम्पनीसँग सम्झौता गरेको छ । नेपालमा केवलकार यातायातको प्रचूर सम्भावना रहेका कारण दक्ष प्राविधिक एवं कम्पनीको अभाव खेप्दै आएकोमा अब सबै काम नेपालमा नै गर्न सक्ने बाटो खुलेको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए ।

Advertisement

‘दक्ष प्राविधिक एवं कम्पनीको अभावले लगानीकर्तालाई यसको निर्माणको विषयमा खासै ज्ञान छैन,’ शर्माले भने, ‘यही अभावलाई परिपूर्ति र केवलकार यातायातलाई बढावा दिने गरी ती कम्पनीसँग मिलेर प्राविधिक र यान्त्रिक उपकरणहरुको प्रयोग, अन्तर्राष्ट्रिय प्रविधि संपरीक्षण गर्न सक्ने गरी आरकेडी कम्पनीले अधिकार प्राप्त गरेको छ ।’

कम्पनीले नेपालका ७ ठाउँमा काम गर्ने गरी सम्बन्धित लगानीकर्तासँग डिपिआर, प्रविधि र प्राविधिक सेवा उपलब्ध गराउने गरी समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी गरेको शर्माले जानकारी दिए । ‘नेपालमा केवलकारको डिपीआर बनाउने तथा बनेका डिपीआरहरु अन्तर्राष्ट्रिय मापदण्ड अनुसार छ वा छैनन् भन्ने संपरीक्षण गर्न सक्ने अधिकार पनि पाएका छांै,’ उनले भने ।

Advertisement

कम्पनीले पूर्व सम्भाव्यता अध्ययन, प्राविधिक, आर्थिक, व्यवस्थापन लगायतका प्रतिवेदन बनाउनेछ । नेपालमा नै डिपीआर बनाउँदा लागत धेरै सस्तो पर्ने, नेपाली भूगोल अनुसार बन्ने र अनुगमन गर्नसमेत सहज हुने कम्पनीले दावी गरेको छ ।

तपाईको प्रतिक्रिया