आगलागीबाट जलेर एक युवाको मृत्यु, लाखौको क्षति
समाधान संवाददाता
२०७५ माघ २८ गते १८:०६

अर्जुन काफ्ले-समाधान
अर्जुन चौपारी गाउँपालिका १ गाडखानीमा आगलागीबाट एक युवाको मृत्यु भएको छ भने लाखौको क्षति भएको छ ।
यहाँका बल बहादुर थापा मगरको २ तले टिनले छाएको कच्ची घरमा सोमबार बिहान आगलागी हुँदा घरमा सुतिरहेका २८ बर्षिय कृष्ण कामीको मृत्यु भएको हो ।
आगलागी पश्चात जिल्ला प्रहरी कार्यालयबाट पुगेको प्रहरी र स्थानियले खोजतलास गर्ने क्रममा बेलुका सुतेका कामी आगोले जली मृत अवस्थामा फेला परेको सुचना अकिृत प्रहरी नायब उपरिक्षक नबिनकृष्ण भण्डारीले बताउनुभयो ।
आगलागीबाट घर तथा घर भित्र रहेको अन्नपात धान, कोदो, भाडा वर्तन, लत्ता कपडा, ४० वटा प्लाष्टिकका कुर्सी, ४ बोरा सिमेन्ट, काठपात जली अन्दाजी १४ लाख बराबरको क्षति भएको भण्डारीले बताउनुभयो ।
उहाँले आगोलागीको कारण नखुलेको र थप अनुसन्धान कार्य जारी राखेका बताउनुभयो ।
सम्बन्धित









गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
स्याङ्जा आरुचौर एकता समाजको अध्यक्षमा पौडेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया