आगलागीबाट जलेर एक युवाको मृत्यु, लाखौको क्षति
समाधान संवाददाता
२०७५ माघ २८ गते १८:०६

अर्जुन काफ्ले-समाधान
अर्जुन चौपारी गाउँपालिका १ गाडखानीमा आगलागीबाट एक युवाको मृत्यु भएको छ भने लाखौको क्षति भएको छ ।
यहाँका बल बहादुर थापा मगरको २ तले टिनले छाएको कच्ची घरमा सोमबार बिहान आगलागी हुँदा घरमा सुतिरहेका २८ बर्षिय कृष्ण कामीको मृत्यु भएको हो ।
आगलागी पश्चात जिल्ला प्रहरी कार्यालयबाट पुगेको प्रहरी र स्थानियले खोजतलास गर्ने क्रममा बेलुका सुतेका कामी आगोले जली मृत अवस्थामा फेला परेको सुचना अकिृत प्रहरी नायब उपरिक्षक नबिनकृष्ण भण्डारीले बताउनुभयो ।
आगलागीबाट घर तथा घर भित्र रहेको अन्नपात धान, कोदो, भाडा वर्तन, लत्ता कपडा, ४० वटा प्लाष्टिकका कुर्सी, ४ बोरा सिमेन्ट, काठपात जली अन्दाजी १४ लाख बराबरको क्षति भएको भण्डारीले बताउनुभयो ।
उहाँले आगोलागीको कारण नखुलेको र थप अनुसन्धान कार्य जारी राखेका बताउनुभयो ।
सम्बन्धित








एलिट ट्रफी क्रिकेट प्रतियोगिता ४ गतेदेखि हुने
म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान
उज्ज्वल सहकारीमा दोहोरिए नरेन्द्र
माइडियाका ग्राहकलाई मुम्बई यात्रा उपहार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया