यातनाकाे कारण सुशीलाकाे मृत्यु श्रीमान पक्राउ

समाधान संवाददाता
श्रीमतीको हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पोखरा १४ चाउथें निवासी ४३ वर्षीया सुशीला कार्कीको उपचारको क्रममा गएको माघ २४ गते अस्पताले मृत घोषणा गरेपछि उनका आफन्तले दिएको उजुरीको आधारमा ४६ वर्षीय रामबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।
सुशिलाको निधन भएकै दिन उनका आफन्तले उनका श्रीमान रामबहादुरले दिएको यातनाको कारण मृत्यु भएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका थिए । उजुरीको आधारमा रामबहादुरलाई सोही दिन पक्राउ गरिएको प्रहरी प्रवक्ता एवं डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए ।
‘हत्या नै हो वा होइन भन्ने तथ्य अनुसन्धानबाट खुल्छ,’ उनले भने, ‘अस्पतालले मृत घोषण गरे पश्चात आफन्तले कर्तव्य ज्यानको उजुरी दिनुभएको हो । आरोपीलाई पक्राउ गरि माघ २७ गते कर्तव्य ज्यान मुद्दामा म्याद थप गरि अनुसन्धान अघि बढाएका छौं ।’
गएको पुस १२ गते रामबहादुरको कुटाईबाट घाइते भएकी सुशिलालाई उपचारका लागि गण्डकी मेडिकल कलेज अस्पतालमा लगिएको थियो । अस्पतालले प्यारालाइसिस भएको भन्दै थेरापी गर्न सुझाए पछि पोखरा स्थित स्पर्श आयुर्वेद अस्पतालमा लगियो । थप उपचारका लागि भन्दै पुनः आयुर्वेदबाट गण्डकी मेडिकल कलेज पुर्याइएकी सुशिलाको उपचारकै क्रममा गएको माघ २४ गते अस्पतालले मृत घोषणा गरेको हो ।
शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको र रिपोर्ट प्राप्त भइसकेकोले थप अनुसन्धान गरिरहेको प्रवक्ता गुरुङले जानकारी दिए ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया