सहभागीले काम छाड्न थालेपछि १ घर १ रोजगार कार्यक्रम प्रभावित

रामकृष्ण लामिछाने
पर्वत
पर्वत महाशीला गाउँपालिकाले सुरु गरेको १ घर १ रोजगार कार्यक्रम प्रभावित भएको छ । कार्यक्रममा सहभागी भएकाले काम छोड्न थालेपछि अभियान नै असफलतातर्फ धकेलिएको हो । ३ सय ७३ जना १ पटक विभिन्न विद्यामा भर्ना भएकामा अहिलेसम्म ५० जनाले काम छोडिसकेका छन् ।
भोक्सिङका १७ जना भर्ना भएकोमा ७ जनाले काम छोडिसकेको वडा सदस्य रेशम मल्लले जानकारी दिए । उनले भने, ‘गाउँपालिकाले सीप, दक्षता र योग्यता नहेरी काममा लादेकाकारण काम छोड्ने क्रम बढ्यो ।’ उनले भने, ‘विद्युत जडान सम्बन्धि तालिम लिएका होश्राङ्दीका थमान थापाले विद्युत सम्बन्धि कामकालागि आवेदन दिएपनि उनलार्ई पाइप जडान काममा लगाएपछि काम नै छाडेको बताए ।
उनी उदाहरणका पात्र हुन् मल्लले थपे, ‘इलेक्ट्रिसियन बन्छु भन्नेलाई प्लम्बिङ, डकर्मी बन्छु भन्नेलाई सिकर्मी तालिम र इच्छा विपरितको रोजगारीले समस्या भयो ।’
इच्छामात्र नभई प्रायलाई सडकको काममा खटाइएकाले जागिर छाडेका हुन् । लुँखुका कमला कुश्मेली, बेलकुमारी नेपाली र राजन पन्तले पनि सडकमा खटाएपछि काम छोडेको बताए । दैनिकरुपमा रोजगारी छोड्नेक्रम बढ्दै गएपछि १ घर १ रोजगार कार्यक्रम नै विवादमा तानिएको छ ।
गाउँपालिकाले अपांग, असक्त र महिलालाई प्राथमिकता दिने भने पनि मापदण्ड मिचेकाले जागिर छाडेको स्थानीयले बताएका छन् । राजन पन्त ब्रेन टयूमरको अप्रेसन गरेका व्याक्ति हुन् । मानसिकरुपमा अशक्त राजनले विद्यालयमा पियन पदमा आवेदन दिएकोमा सडक खन्ने काममा लगाएपछि काम छोडेर अहिले नेस्डोको सम्पर्क कार्यालयमा काम गर्न थालेको सुनाए ।
गाउँपालिकामा तत्कालिन एमाले नेतृत्व १ वडाबाहेक सवै वडामा विजयी भएको थियो । चुनावका समयमा असहयोग गर्ने र अन्य पार्टीलाई मतदान गर्नेहरु स्पस्ट चिनिने भएकाले समस्या आएको स्थानीयले आरोप लगाएका छन् । काम भन्दा कुरा बढी गरेको भन्दै नेकपाकै केही नेता कार्यकर्ताले नेतृत्वको आलोचनासमेत गर्न थालेका छन् ।
गाउँपालिका अध्यक्ष राजु पौडेलले १ घर १ रोजगार योजनामा जागिर छोडेको भन्ने हल्ला आफूलाई कतैबाट जानकारी नआएको बताए । उनले कसैले काम छोडे आफूलाई आपत्ति नहुने भन्दै योजना प्रभावित नहुने बताए ।









गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
रिभानमा एक्यापको ३९औँ वार्षिकोत्सव, कृषि प्रदर्शनी र संरक्षणकर्मीलाई सम्मान
मंसिर महिनामा १२ हजार ४४२ जनामाथि ट्राफिक कारबाही
कालाबाङ घरेडीमा फोनिजको पर्यटन अन्तरक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया