खुकुरी प्रहारबाट कूलबहादुर घाइते

समाधान संवाददाता २०७५ माघ २९ गते १३:०२

समाधान संवाददाता
पोखरा

माछापुच्छ्रे गाउँका ४ घाचोकका वीरबहादुर शाहीले खुकुरी प्रहार गर्दा सोही ठाउँमा कूलबहादुर रानाभाट घाइते भएको वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक दिपक गुरुङले जानकारी दिए ।

शनिबार साँझ खुकुरी प्रहार गरेका शाहीलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । शाहीले ६ महिना अघि १ लाख रुपैयाँ लेनदेनको व्यवहार रहेको बतएका छन् ।

Advertisement

सोहीकारण खुकुरी प्रहार गरेको शाहीले प्रहरीलाई बयान दिए । यता पीडित कुलबहादुर रानाभाटले उनीसँग लेनदेनको कारोबार नरहेको बताएका छन् । उनको पाखुरामा चोट लागेको छ । शाहीलाई सार्वजानिक मुद्दामा कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया