चाहिने भन्दा चौध गुणा विजुली उत्पादन, फेरि पनि अन्धकारै

समाधान संवाददाता २०७५ माघ २९ गते १२:५३

सुन्दरकुमार थकाली मुस्ताङ,
करिव ६ महिनाअघि बाढीले क्षति पू¥याएको मुस्ताङको १३.६ मेगावाट क्षमताको थापाखोला जलबिद्युत आयोजना बुधबार देखि पुनः संञ्चालनमा ल्याईदै छ ।श्रावण २६ गते रातिको भिषण थापाखोला बाढीले आयोजनाको मुहानसहित ड््याम संरचनामा ठुलो क्षति पुगेको थियो ।
थापाखोलाको बाढीले क्षति पू¥याएपछि आयोजनाको बिद्युत उत्पादन लामो समयदेखि बन्द भएको हो ।आयोजनाले ४ महिना समय खर्चिएर ड्याम लगायतका सरचनाको मर्मत तथा स्तरोन्नति गरेको छ । थापाखोलाजलबिद्युत आयोजनाको प्रमुख अनिल श्रेष्टले बुधबारदेखि आयोजनाको नियमित बिद्युत उत्पादन सुरु हुने जानकारी दिए ।उनका अनुसार थापाखोलाको बाढीले आयोजनाको मुहानमा रहेको मेशिनरीवाल,स्टोन लाईनिङ,गेट,अपडेटिङ गर्ने मोटर,डेसेन्डर,कामदार बस्ने क्याम्प र ट्रनेल पुरै माटोले भरेर क्षति पुगेको थियो ।ड्यामक्षेत्रको आधादर्जन सरचनामा क्षति पुग्दा आयोजनालाई करिव ३० करोड बढी नोक्सान भएको आयोजना प्रमुख श्रेष्टले बताए । आयोजनालाई भएको क्षतिको ईन्सुरेन्स प्रोसेस भईरहेको उनले जानकारी दिए ।

समून्द्री सतहदेखि करिव ३ हजार १० मिटर अग्लो उचाईमा आयोजनाले ड््याम निर्माण गरेको थियो ।वर्षायामको बाढीले क्षति पू¥याईएका ड््याम सरचनालाई साविककै स्थानमा ल्याईपू¥याउन सिभिलतर्फ ईन्जिनीयर अमृत शर्मा लगायत अन्यकार्य आयोजना आफैले सम्पन्न गरेको आयोजना प्रमुख श्रेष्टको भनाई छ । उनका अनुसार आयोजनाको मुहान सरचना मर्मत गर्न ३ वटा स्काभेटर,३ वटा जेसिभी र ३ वटा ट्रक प्रयोग भएको बताए ।
थापाखोला बिद्युत गृह र ड्यामको दुरी २२ सय ३५ मिटर लामो छ । यस्तै यसको सुरुङमार्ग १८ सय ३३ मिटर छ भने पेन स्टेप पाईप ४ सय १० मिटर लामो छ ।बाढीले पेन स्टेप पाईपलाई पनि क्षति आशिक क्षति पू«¥याएको हो । माउन्ड कैलाश ईनर्जी प्रालिले २०७० साल देखि आयोजनाको काम सुरु गरेको थियो । २ करोड ५० लाख लागतमा निर्माण भएको उक्त आयोजनाले ०७४ सालबाट बिद्युत उत्पादन गर्न सुरु गरेको थियो ।बिद्युत उत्पादन गरेको १ वर्ष बित्न नपाउँदै बाढीले क्षति पू¥याउदा आयोजनाको बिद्युत सेवा बन्द भएको हो ।
थापाखोला जलबिद्युत आयोजनाले उत्पादन गरेको बिद्युत केन्द्रिय बिद्युत प्रशारण लाईनमा जोडिएको छ । आयोजनाले मुस्ताङको कोवाङ र म्याग्दीको दानामा सवस्टेशन निर्माण गरेको आयोजना प्रमुख श्रेष्टको भनाई छ । मुस्ताङमा अर्को २ सय ४० किलोवार्डको चोखोपानी जलबिद्युत आयोजना पनि छ । पछिल्लो समय मुस्ताङमा ग्रामिण बिद्युतीकरण समेत भईरहेको भएपनि यहा जम्मा करिव ७ सय ५० किलोवार्ड मात्र बिद्युत खपत हुदै आएको छ ।
थापाखोला जलबिद्युत आयोजनाले मुस्ताङमा कम बिद्युत खपत हुने गरेकाले सरकारलाई बिक्री गर्दे केन्द्रिय प्रशारण लाईनलाई सुम्पन परेको उल्लेख गरेको छ । आयोजनाले कम्तीमा १० प्रतिशत बिद्युत मुस्ताङमा खपत हुने सुनिश्चित भए मुस्ताङलाई मात्र पनि बिद्युत बितरण गर्ने सकिने जनाएको छ । उत्तरी कोरलानाकामा सरकारले भौतिक सरचना निर्माण गर्ने र उद्योग धन्दा सञ्चालन भएको खण्डमा मुस्ताङमा १ मेगावाट बिद्युत खपत हुने सम्भावना देखिन्छ ।
मुस्ताङको थासाङ गाउपालिका कोवाङ देखि चराङ सम्मको बिद्युत लाईन ११ केभीको हो । कोवाङ सम्म केन्द्रिय लाईनको ३३ केभि प्रशारण लाईन छ । चोखापानी जलबिद्युत आयोजनाबाट मुस्ताङमा बिद्युत समस्या पूर्ती हुदै आएपनि आयाृजनाको उत्पादन कम हुदा मुस्ताङमा लोड सेटिङको समस्या ज्यूका त्यूनै छ ।थापाखोला जलबिद्युत आयोजनाबाट ठुलो आशा गरेका मुस्ताङे जनताले अपेक्षा अनुसारको सेवा भने पाउन नसकेको स्थानीयहरु बताउँछन्। केन्द्रिय प्रशारण लाईनमा बेला बेलामा समस्या भईरहने भएकाले थापाखोला जलबिद्युत आयोजनाले नियमित बिद्युत सप्लाई गर्न कठिनाई भएको जनाईएको छ । आयोजनाले केन्द्रिय प्रशारण लाईन चुस्त हुनसके मुस्ताङमा लोड सेडिङ नहुने दावी गरेको छ ।मुस्ताङको ५ वटै स्थानीयतहमा करिव १३ हजारको हाराहारीमा जनसंख्या छ ।

Advertisement

तपाईको प्रतिक्रिया