हस्पिटालिटीका प्रतिस्पर्धीले सिके बारिस्टा

समाधान संवाददाता २०७५ माघ २९ गते १४:०२

पोखरा, हस्पिटालिटी नेपाल कन्टेस्टको तेस्रो सिजन अन्तर्गत देशभरबाट छनोट भएका प्रतिस्पर्धीले विभिन्न प्रशिक्षण लिइरहेका छन् । आयोजक एपी इन्टरटेनमेन्टले प्रतिस्पर्धीका लागि हस्पिटालिटी क्षेत्रसँग सम्बन्धित विविध प्राविधिक तथा व्यावहारिक प्रशिक्षणको व्यवस्था गरको छ ।
कन्टेस्टका प्रतिस्पर्धीले डाँफे होटलको तर्फबाट बारिस्टा ट्रेनिङ लिएका छन् । प्रशिक्षणमा सहभागी प्रतिस्पर्धीले कफीबारे जानकारी लिनुका साथै कफी बनाउने तरिका सिकेका थिए । ट्रेनिङ सेन्टरका तर्फबाट नवीन गुरुङले प्रतिस्पर्धीलाई ‘कफीमेकिङ’ सिकाएका थिए । प्रतिस्पर्धीले बेसिक कफी मेकिङ, एक्सप्रेसो,अमेरिकानो, क्यापाचिनोजस्ता स्वादका कफी बनाएका थिए ।
‘सामान्यतया प्रतिस्पर्धीलाई हस्पिटालिटी क्षेत्रसँग सम्बन्धित जीवनोपयोगी सीप सिकाउँदैछौं,’ एपी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक अर्जुन पाण्डेले भने, ‘यो इभेन्टमा सहभागी प्रतिस्पर्धीलाई दिइने प्रशिक्षणले उनीहरुको पूरै जीवनभरि नै दक्ष भएर काम गर्न सहयोग पु¥याउनेछ ।’
डाँफे होटल ट्रेनिङ सेन्टरले आगामी शनिबार पनि प्रतिस्पर्धीलाई कफी मेकिङ सम्बन्धी तालिम दिने जनाएको छ । चिप्लेढुंगास्थित यो ट्रेनिङ सेन्टरमा कुक, बार टेन्डर, वेटर, हाउस किपिङजस्ता प्रशिक्षण दिइन्छ ।

विभिन्न चरणको अडिसन पश्चात फाइनलका लागि देशभरबाट २५ जना प्रतियोगी छनोट गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेले थाइल्यान्ड अथवा दुबईको भ्रमण प्याकेज प्राप्त गर्नेछन् । त्योसँगै नगद पुरस्कार र अन्य विभिन्न अवसर आयोजकको तर्फबाट पाउने बताइएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया