वर्षा र संजाेगले गरे इन्गेजमेन्ट
समाधान संवाददाता
२०७५ माघ २९ गते १५:५५

समाधान संवाददाता, काठमाडाैं
अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाले साेमबार इन्गेज्मेन्ट गरेका छन् । ७ वर्ष लामो प्रेम सम्बन्धमा रहेका उनीहरुले सोमबार राजधानीको एक पार्टी प्यालेसमा इन्गेजमेन्ट गरेका हुन् । उनीहरुले दुबै परिवारको उपस्थितिमा एकअर्कालाई औंठी लगाए ।
उनीहरु फाल्गुन २ गते अर्थात भ्यालेन्टाइन डेकाे दिनमा विवाह बन्धनमा बाँधिदैछन् ।
इन्गेजमेन्टको तस्विर सार्वजनिक गर्दै वर्षा र संजोगले आ-आफ्नो आधिकारिक फेसबुकमा एउटै प्रेमिल वाक्य लेखेका छन्, ‘हरेक कहानी निकै सुन्दर हुन्छ तर हाम्रो उत्कृष्ट छ ।’ उनीहरुले आफूहरुको संयूक्त नाम समेत जुराएका छन् ‘सन्सा’ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया