पर्वतीय दौडमा बानियाले बाजी मारे

समाधान संवाददाता २०७५ फागुन १ गते ९:२१

समाधान संवाददाता

पोखरा १६ अर्मलामा भएको छैटौं संस्करणको पर्वतीय दौडमा गोरखाका कल्याण बानियाले बाजी मारेका छन् । १० किलोमिटर पहाडी बाटो उनले ४४.१७ मिनेटमा पूरा गर्दै मेडल र प्रमाणपत्रसहित नगद १५ हजार प्राप्त गरे ।

ओखलढुंगाका सुवास कार्की द्वितीय भए । उनले उक्त दूरी ४४.३८ मिनेटमा पूरा गरे । उनले प्रमाणपत्र र मेडलसहित नगद १० हजार प्राप्त गरे । रुकुमका राज बूढाले ४४.५६ मिनेटमा दूरी पार गर्दै तेस्रो भए । बुढाले नगद ५ हजारका साथमा मेडल र प्रमाणपत्र हात पारे ।

Advertisement

श्रीपञ्चमीका अवसरमा अर्मलामा लाग्ने विशेष मेला तथा अन्य खेलकुदमा पुरुष भलिबलतर्फ लेब्री परिवारले प्रथम हुँदै नगद ५० हजार, रनिङ कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । पोखरा भलिबल ट्रेनिङ सेन्टरले दोस्रो स्थान हासिल गर्दै नगद २५ हजारका साथमा मेडल, कप र प्रमाणपत्र प्राप्त गरेको छ ।

कार्यक्रममा विजयी टिम तथा खेलाडीलाई गण्डकी प्रदेश सांसदद्वय कृष्ण थापा र मीना गुरुङले नगद, मेडल र प्रमाणपत्र वितरण गरेक थिए । सो अवसरमा सांस्कृतिक प्रस्तुति, छेलो फाल्ने लगायत परम्परागत खेल सञ्चालन गरिएको आयोजक दुर्गा युवा क्लबका सचिव अन्तिम गुरुङले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया