पर्वतीय दौडमा बानियाले बाजी मारे

समाधान संवाददाता
पोखरा १६ अर्मलामा भएको छैटौं संस्करणको पर्वतीय दौडमा गोरखाका कल्याण बानियाले बाजी मारेका छन् । १० किलोमिटर पहाडी बाटो उनले ४४.१७ मिनेटमा पूरा गर्दै मेडल र प्रमाणपत्रसहित नगद १५ हजार प्राप्त गरे ।
ओखलढुंगाका सुवास कार्की द्वितीय भए । उनले उक्त दूरी ४४.३८ मिनेटमा पूरा गरे । उनले प्रमाणपत्र र मेडलसहित नगद १० हजार प्राप्त गरे । रुकुमका राज बूढाले ४४.५६ मिनेटमा दूरी पार गर्दै तेस्रो भए । बुढाले नगद ५ हजारका साथमा मेडल र प्रमाणपत्र हात पारे ।
श्रीपञ्चमीका अवसरमा अर्मलामा लाग्ने विशेष मेला तथा अन्य खेलकुदमा पुरुष भलिबलतर्फ लेब्री परिवारले प्रथम हुँदै नगद ५० हजार, रनिङ कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । पोखरा भलिबल ट्रेनिङ सेन्टरले दोस्रो स्थान हासिल गर्दै नगद २५ हजारका साथमा मेडल, कप र प्रमाणपत्र प्राप्त गरेको छ ।
कार्यक्रममा विजयी टिम तथा खेलाडीलाई गण्डकी प्रदेश सांसदद्वय कृष्ण थापा र मीना गुरुङले नगद, मेडल र प्रमाणपत्र वितरण गरेक थिए । सो अवसरमा सांस्कृतिक प्रस्तुति, छेलो फाल्ने लगायत परम्परागत खेल सञ्चालन गरिएको आयोजक दुर्गा युवा क्लबका सचिव अन्तिम गुरुङले बताए ।








समानुपातिकको प्रतिशत निर्धारण गर्न समिति गठन, ३ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
जब विद्यार्थीले प्रदर्शनी केन्द्रमै गुन्द्री बुने
पोखरामा ‘अन्डरग्राउन्ड पार्किङ’ नै अन्डरग्राउन्ड !
चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया