जिएमसीको आकस्मिक सेवा पनि बन्द, वार्ताका लागि पहल गरिदिन अस्पताल प्रशासनको आग्रह

समाधान संवाददाता २०७५ फागुन १ गते १०:१७
Gandaki Medical College. Photo: GMC

पोखरा, २९ माघ (समाधान) – गण्डकी मेडिकल कलेज (जिएमसी)ले कलेज र जिएमसी शिक्षण अस्पतालका सेवा सञ्चालनका गर्न पहल गरिदिन सरोकारवालासँग अपिल गरेको छ ।
विद्यार्थी आन्दोलनका कारण बन्द रहेको कलेज र अस्पताल सञ्चालनका लागि मंगलबार विज्ञप्ति जारी गरी जिएमसीले सरोकारवाला निकाय, अभिभावक, विद्यार्थी एवं सर्वसाधारणमा यस्तो अपिल गरेको हो । माघ १६ बाट कलेजको पठनपाठन बन्छ छ भने माघ २८ गतेबाट अस्पतालको आकस्मिक सेवा पनि ठप्प छ ।
समस्या समाधानका लागि मेडिकल कलेजको नियमक निकाय चिकित्साशास्त्र अध्ययन संस्थान डिनको कार्यालयमार्फत पहल भइरहेको जनाउँदै कलेजले अस्पताल अति संवेदनशील क्षेत्र भएकाले बन्द, हडताल नगरी वार्ताको माध्यमबाट समाधानको उपाय खोज्न पनि अस्पताल प्रशासनले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया