इलाममा हाब्रे प्रजनन केन्द्रकाे स्थापना

इलाम, रासस
दुर्लभ वन्यजन्तु हाब्रे (रेडपान्डा) को प्रजनन केन्द्र इलामको सन्दकपुर गाउँपालिकामा स्थापना भएको छ । जिल्लाको सन्दकपुर गाउँपालिका १, २ र ३ (माईपोखरी–सुलुबुङ र माइमझुवा) को सङ्गमस्थल टप्पुमा प्रजनन केन्द्रको स्थापना गरिएको हो ।
कुकुर र जङ्गली जनावरका सिकारको जोखिममा परेपछि गाउँपालिकाले रेडपान्डाको उत्पादन वृद्धि गराउने गरी प्रजनन केन्द्र स्थापना गरेको हो । विगतमा चोरी तस्करी हुने गरेको रेडपान्डाको संरक्षणका लागि ट्रयापिङ क्यामरा जडानपछि चोरी तस्करीमा नियन्त्रणमा आएको गाउँपालिकाका प्रवक्ता गिरिराजमणि खनालले बताउनुभयो ।
लजालु प्रकृतिको दुर्लभ रेडपान्डा सिकार गर्न सजिलो हुने भएकाले पनि कुकुर र अन्य जङ्गली जनावरको आक्रमणमा सजिलै पर्ने गरेको रेडपान्डा नेटवर्कका फिल्ड संयोजक फिञ्जु शेर्पाले बताउनुभयो । रेडपान्डाको संरक्षणका लागि रेडपान्डा नेटवर्कले इलामसहित पाँचथर र ताप्लेजुङमा सन् २०११ देखि काम गरिरहेको भए पनि जङ्गली जनावरबाट जोगाउने कार्यक्रम भने हालसम्म सार्वजनिक भएको थिएन ।
गाउँपालिकाले केन्द्र स्थापना गर्नका लागि चालू आर्थिक वर्षमा रु १० लाख बजेट विनियोजन गरेको छ । टप्पु क्षेत्रमा रहेको करीब दुई हेक्टर जमीनमा केन्द्र स्थापना गरिएको हो । प्रजनन केन्द्रभित्र अहिले सल्ला प्रजातिका रूखबिरुवा रहेकाले उक्त प्रजातिका रूखबिरुवा वनको नियमअनुसार हटाएर रेडपान्डाको आहाराको रूपमा रहेको ट्यागा, मालिङ्गो र भालुचिण्डे लगाउँदै त्यसलाई विस्तार गर्ने प्रवक्ता खनालले जानकारी दिनुभयो ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया