घुस सहित पक्राउ परेका असई अखतियार टाेलीलाई छलेर फरार

समाधान संवाददाता २०७५ फागुन १ गते १२:३८

समाधान संवाददाता, काठमाडाैं

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको महोत्तरीस्थित कार्यालयको टोलीले घूससहित पक्राउ गरेका प्रहरी सहायक निरीक्षक (असई) रामनरेश साह भागेका छन्।

अख्तियारको टोलीले उनलाई  १० हजार रूपैयाँ घूस लिएको रकमसहित पक्राउ गरेको थियो। महोत्तरीको औरही प्रहरी चौकीमा कार्यरत साहलाई अख्तियारको नजिकैको नवदुर्गा स:मिलबाट नियन्त्रणमा लिएको थियो।

Advertisement

जिल्ला प्रशासन कार्यालयका प्रमुख उमेश कुमार ढकालले अख्तियारको टोलीलाई छलेर भाग्ने असई साहको खोजी कार्य भैरहेको जानकारी दिए।

‘हामीले उनको खोजी कार्यका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाएका छौं,’ उनले भने। अख्तियार कार्यालयले भने आफ्नो टोलीलाई छलेर भागेको सूचना आइनसकेको जनाएको छ।

Advertisement

‘अनुसन्धान टोलीले केस सफल भएपछिमात्रै कार्यालयमा सम्पर्क गर्छ, सूचना दिन्छ,’ अख्तियारको बर्दिवास कार्यालयको फोन उठाउने प्रशासनका एक कर्मचारीले भने, ‘हामीलाई त्यस्तो कुनै सूचना छैन।’

तपाईको प्रतिक्रिया