चोकमा आकाशे पुल बन्छ, सालिक पार्कमा पुग्छ–मेयर

समाधान संवाददाता २०७५ फागुन २ गते ८:२८

पृथ्वीचोकबाट सुरु भएको आइल्यान्ड घटाउने कामलाई पोखरा महानगरपालिकाले भने निरन्तरता दिइरहेको छ । महानगरले अहिलेसम्म पृथ्वीचोक, अमरसिंहचोक, जिरोकिलोमिटर, बिरौटाचोक, मुस्ताङचोक, हरिचोक लगायत चोकका आइल्यान्ड घटाएको छ ।

आइल्यान्ड घटाउँदै सालिकलाई पार्कमा व्यवस्थापन गर्ने बताइरहेको महानगरपालिकाले अब के गर्छ त ? मेयर मानबहादुर जिसी भन्छन्, ‘अर्धकदको सालिक भएको ठाउँमा रातारात अर्को सालिक ठड्याइछ । हामीले सबै सालिकलाई पार्कमा व्यवस्थापन गर्ने भनेका छौं । पोखरा बनाउने कि बिगार्ने भन्नेतिर सबैले सोच्नुपर्‍यो।’

पृथ्वीचोकमा आकासे पुल बनाउन प्रक्रिया अगाडि बढिसकेको बताउँदै मेयर जिसीले सालिकलाई पार्कमा व्यवस्थापन गर्ने काममा पछाडि नहट्ने बताउँछन् । पार्कमा सालिक व्यवस्थापन गर्ने कामको नेतृत्व उपमेयर मञ्जुदेवी गुरुङलाई दिइएको छ । पार्क बनाउन टेन्डर निकाल्ने प्रक्रियामा रहेको मेयर जिसीले बताए ।

Advertisement

पोखरा– १८ स्थित पर्यटकीय क्षेत्र सराङकोटको जामुने बोटमा पार्क निर्माण गर्ने महानगरले योजना बनाएको छ । सराङकोटमा ५७ रोपनी क्षेत्रफलको जग्गामा पार्क बनाउने गरी गुरुयोजना निर्माण गरी टेन्डरको तयारीमा रहेको मेयर जिसीले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया