रानीमहल यात्रामा जे देखियो

समाधान संवाददाता २०७५ फागुन २ गते ९:३२

सुविन्द्र श्रेष्ठ

लायन्स क्लब अफ पोखरा हिमालयनको पारिवारिक यात्रा हालै सकियो । लायन्स क्लबले वाषर््िाक रुपमा धेरै सामाजिक कार्यहरुमा सेवा गरेता पनि देशभित्र अवलोकन भ्रमणको उद्देश्यका साथ पारिवारिक यात्रा गर्नेगर्छ । लायन्स हिमालयनका पूर्व अध्यक्ष तथा कार्यक्रम संयोजक सुनिल श्रेष्ठको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा लायन्सका २६ जनाको उपस्थिति थियो ।

हामी फागुन २५ गते बिहान ७ः०० बजे प्रस्थान गरी २६ गते साँझ पोखरा फर्कियौं । हाम्रो टोलीले पाल्पाको ऐतिहासिक रानीमहल दरबार, भैरव मन्दिर, भगवती मन्दिर लगायत पाल्पाको स्याङ्जा र गुल्मीको संगममा रहेको रिडीको क्रृषिकेश मन्दिरको दर्शन तथा अवलोकन ग¥यौं । विश्वकै सबभन्दा ठूलो शिलामा कुँदिएर बनाइएको क्रृषिकेश मन्दिरको मूर्तीको वर्णन शब्दमा सकिँदैन । नेपालकै चारधाम मध्ये एक धाममा पर्ने क्रृषिकेश मन्दीर १ पटक पुग्नैपर्ने ठाउँ रहेछ ।

Advertisement

ऐतिहासिक रानीमहल दरबार धिर शमशेरका १७ भाइ मध्येका १ अर्को भाइ विर शमशेरको प्रधानमन्त्रित्व कालमा उनका भाइ खड्ग शमशेर कमाण्डर इन चिफ भएको १८ महिना पश्चात् पदच्युत भई पाल्पामा निर्वासित गरिए । विसं १९४५ मा उनलाई रुपन्देही, कपिलवस्तु बागलुङ र पर्वत लगायतका क्षेत्रको जिम्मेवारीका साथै पाल्पाको गौंडामा पश्चिम कमाण्डर जनरलको रुपमा बस्ने अनुमति दिइयो ।

विसं १९४९ मा आफ्नी अत्यन्त प्रिय रानी तेजकुमारी देवीको मृत्युको समयमा भावविहिल भएका खड्ग शमशेरले रानीको स्मृतिमा भारतको आग्रामा रहेको ताजमहल जस्तै बगैंचासहितको दरबार निर्माण गर्ने अन्तिम वचन दिएका थिए ।

Advertisement

रानीको सम्झनामा भारतमा रहेका बेलायती इन्जिनियर झिकाइ ५ वर्ष लगाएर विसं १९५४ मा निर्माण पूरा गरिएको यस दरबारलाई नेपालको ताजमहलको रुपमा चिनिन्छ । विसं २०५६ सालमा पुरातत्व विभागले दरबारका मुख्य भागको मर्मत गरेता पनि निरन्तरता र संरक्षणको अभावले पुरानै अवस्थामा पुगेको छ । विसं ०६७÷०६८ मा संरक्षणको नाममा केही मर्मत तथा रंगरोगन गरिएता पनि हालसम्म ऐतिहासिक रानीमहल भनिएको रानीमहललाई भित्री रुपमा हेर्ने हो भने अति नै जिर्ण अवस्थामा छ ।

दरबारको संरक्षणमा प्रत्यक्ष सहयोग पु¥याउने निकाय जिविस कार्यालय पाल्पा, पर्यटन कार्यलय, पाल्पा, जिल्ला भूसंरक्षण कार्यालय, श्री गरुडगण, जिप्रका, रानीमहल दरबार संरक्षण समिति, समाजसेवा असल शासन, क्लब सटुका वटीचौर, स्याङ्जा गाविसहरु, बौद्ध गुम्बा, खानी गाउँ, आलमदेवी, विर्धा यत्तिका धेरै संघसंस्था, सरकारी निकायको नाम उल्लेख भए पनि रानीमहल पुग्दा यी निकायहरु कहाँ छन् भन्न करै लाग्छ ।

यस रानीमहलमा उत्तरतर्फको बुर्जाको जग कालीगण्डकी नदीको किनारबाटै रहेको यस दरबारमा २४ कोठा, २ वटा पोखरी, मन्दिर, बगैंचा, पाटी, घोंडा तवेला, साथै भक्तजन बस्ने स्थानसमेत छ । खड्क शमशेर पाल्पाबाट पलायन भएपछि संरक्षणको अभावमा यो दरबारका कयौं बहुमुल्य सामानहरु सड्ने, हराउने, बिग्रने, चोरी हुने र दरबार भग्नावशेष हुँदै गयो । हिन्दूधर्म शास्त्रीहरुको भनाई अनुसार यस स्थानमा बगेको नदीमा स्नान गर्नाले तथा खुट्टाले पानी छोएमा पनि पवित्र भइन्छ भन्ने भनाइ छ । हाल स्वदेशी तथा विदेशी पर्यटकको अलावा तिर्थयात्रीसमेत यहाँ आउने गर्छन् । सुन्दर दरबार रानीमहल तेज कुमारीको सम्झनामा मात्र नभई नेपालकै ऐतिहासिक एवं पुरातात्विक महत्वको धरोहर हो भन्ने बुझिन्छ । यी र यस्तै पुरातात्विक महत्वका धरोहरहरुको संरक्षण र सम्वद्र्धन गर्ने सरकारी निकायहरु कहाँ छन् भनेर खोज्नुपर्ने बेला आएको छ ।

तपाईको प्रतिक्रिया