क्यान इन्फोटेकका ७५ % स्टल बुकिङ

समाधान संवाददाता २०७५ फागुन २ गते ९:४०

समाधान संवाददाता

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाद्वारा आयोजित ‘भायानेट क्यान इन्फोटेक–२०१९ इन एसोसिएसन विथ आइएमइपे’मा राखिने स्टलमध्ये ७५ प्रतिशत बुकिङ भएका छन् । बाँकी स्टल पनि बुकिङ हुने क्रम जारी रहेको स्टल व्यवस्थापन उपसमिति संयोजक तीर्थराज सुवेदीले बताए ।

क्यान इन्फोटेक फागुन १८ देखि २४ गतेसम्म पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुनेछ । इन्फोटेकको तयारीलाई तीव्र बनाइएको क्यान कास्की अध्यक्ष युवराज पौडेलले जानकारी दिए । सूचना तथा प्रविधि क्षेत्रमा भित्रिएका नवीनतम प्रविधिलाई इन्फोटेकमा ल्याउने योजना छ ।
क्यान इन्फोटेकसँगै सिटी रेबान पोखराको आयोजनामा सिटी रेवान महोत्सव तथा फुड फेस्टिबल पनि हुनेछ ।

Advertisement

तपाईको प्रतिक्रिया