बलेवा महोत्सव पूर्व सन्ध्यामा र्‍याली

समाधान संवाददाता २०७५ फागुन २ गते ९:४७

सांकेतिक चित्र

समाधान संवाददाता, बागलुङ

क्याम्पसमा अक्षयकोष स्थापना गर्नका लागि बागलुङको बलेवामा आयोजना गरिएको प्रथम बलेवा महोत्वसको पूर्व सन्ध्यामा मोटरसाइकल र्‍याली गरिएको छ । बागलुङ नगरपालिका १४ बलेवामा रहेको कृष्णगण्डकी क्याप्पसको व्यवस्थापन खर्च जुटाउन नारायणस्थान सामाजिक सेवा प्रतिष्ठानले गरेको महोत्वसको पूर्व सन्ध्यामा र्‍याली गरिएको हो ।

Advertisement

फागुन २ देखि १० गतेसम्म हुने महोत्वस प्रचार प्रसारका लागि कार्यक्रम स्थल नारायणस्थानदेखि बानपा १३ अमलाचौर बानपा १२ पैयुपाटा–बागलुङ बजार– पर्वतको कुश्मा हुँदै पुन नारायणस्थानसम्म प्रचारात्मक र्‍याली गरिएको प्रतिष्ठानका अध्यक्ष भरत पौडेलले जानकारी दिए । १ करोड रुपैयाँको अक्षयकोष निर्माणका लागि रकम जुटाउने उद्देश्यसहित महोत्सव आयोजना गरिएको महोत्सवको बिहीबार ग्लोबल आइएमइका अध्यक्ष एव स्थानीयवासी चन्द्र ढकालले उद्घाटन गर्ने कार्यक्रम रहेको पौडेलले बताए ।

बागलुङ नगरपालिकाभित्रको प्रशस्त पर्यटकीय क्षेत्रको प्रचारप्रसार र कृष्णगण्डकी क्याम्पसको सहयोगार्थ महोत्सव आयोजना गरीएको जानकारी दिंदै पौडेलले क्याम्पसलाई सहआयोजक बनाएर प्रतिष्ठानले महोत्सवको आयोजना गर्न लागेको बताए ।

Advertisement

महोत्सवमा स्टल, टिकट लगायतका शीर्षकबाट आउने आम्दानीमा खर्च कटाएर बचेको रकमले अक्षयकोष स्थापना गर्ने योजना रहेको पौडेलको भनाइ छ । जिल्ला सदरमुकाम बागलुङ बजार र पर्वतको जिल्ला सदरमुकाम कुश्मा बजारबाट छोटो दुरीमा रहेको बलेवमा अन्यत्र भन्दा धेरै दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजकको अपेक्षा छ । ५० हजार दर्शक भित्राउने गरी योजना बनाएको अध्यक्ष पौडेलले बताए ।

बलेवा बिमानस्थल, बलेवा र कुश्मा जोड्ने यान्त्रिक पुल, नेपालकै अग्लो भनिएको कैया–कुश्मा झोलुंगे पुल, अमलाचौरमा रहेको प्रसिद्ध कालभैरवको मन्दिर, भकुण्डेको मुलावारी क्षेत्र लगायतका स्थानलाई प्राथमिकतामा राखेर प्रचारप्रसार गरिने र पर्यटक भिœयाउने लक्ष रहेको पौडेलले बताए । महोत्सव पर्यटनको बिकास, र कृष्णगण्डकी क्याम्पसको दिगो सञ्चालनका लागि महत्वपूर्ण बन्ने उनको विश्वास छ । १ करोडको अक्षयकोषबाट आउने ब्याज रकमले क्याम्पसको सबै खर्च चलाउने योजना व्यवस्थापनले बनाएको छ ।

तपाईको प्रतिक्रिया