कास्कीमा २ गन्तव्य थपिए

समाधान संवाददाता २०७५ फागुन २ गते ९:५२

समाधान संवाददाता


सरकारले घोषणा गरेका पर्यटकीय गन्तव्यमा कास्कीका केही ठाउँ थपिएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १ सय पर्यटकीय गन्तव्यको नाम यसअघि सार्वजनिक गरेको थियो । त्यसमा थप गर्दा पोखराको काहुँ धरहरा र पञ्चासे पनि अब समेटिएको मन्त्रालयले बुधबार जनाएको छ ।

त्यस्तै बागलुङको पञ्चकोट पनि थपिएको छ । नयाँ पर्यटकीय गन्तव्य बनाएर पर्यटक आकर्षित गर्न विभिन्न जिल्लाका १ सय वटा स्थान पहिचान गर्दै मन्त्रालयले पूर्वाधार विकास गर्ने उल्लेख गरेको थियो । त्यस अनुसार गन्तव्य तोकिएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया