व्यवसाय व्यवस्थापन तालिम सम्पन्न

समाधान संवाददाता
पोखरा उद्योग वाणिज्य संघले आफ्नो ६५ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको व्यवसाय व्यवस्थापन विषयक ५ दिने तालिम बुधबार सकिएको छ । तालिममा पोखराका विभिन्न व्यवसायिक संस्थाका १६ जना जनाको सहभागिता थियो । तालिम व्यवसाय विस्तार, व्यवसाय र बजारीकरणमा नयाँ प्रविधि तथा सीप प्रयोगमा केन्द्रित थियो ।
समापन कार्यक्रममा संघका कार्यवाहक अध्यक्ष नारायण कोइरालाले तालिमलाई व्यवसाय बिस्तारमा लगाउन आग्रह गरे । ‘सामान उही भए पनि त्यसलाई तलमाथि गरेर सजावट परिवर्तन गर्दा ग्राहक आकर्षित हुन्छन्’, कोइरालाले भने, ‘तालिमले पनि आफूले थाहा पाइरहेको विषयलाई नयाँ तरिकाले प्रयोग गर्न सिकाउँछ ।’ कार्यवाहक अध्यक्ष कोइरालाले बजारमा भित्रिएका विज्ञापनका नयाँ शैली, प्रविधिको प्रयोग तथा नयाँ व्यवसायका सम्भावनाबारे पनि व्यवसायीले ध्यान दिनुपर्नेमा जोड दिए ।
संघका महासचिव अर्जुन पोखरेलको सञ्चालन रहेको कार्यक्रममा कोषाध्यक्ष सुरेन्द्रमान बिजुक्छे र प्रशिक्षक रामप्रसाद तिवारीले पनि सहभागीलाई प्रमाणपत्र वितरण गरे । तालिमका प्रशिक्षक तथा आयोजक संस्था औद्योगिक व्यवसाय विकास प्रतिष्ठान पोखराका प्रमुख रामप्रसाद तिवारीले सिकेका कुरा व्यवहारमा उतार्न आग्रह गरे ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया