महिला भलिबल उपाधि एपिएफलाई
समाधान संवाददाता
२०७५ फागुन २ गते १०:२०

समाधान संवाददाता, पर्वत
पर्वत कुश्मामा सञ्चालन भएको महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपिएफले जितेको छ । प्रतियोगितामा न्यु डायमन्डलाई एपिएफले पछाडि पार्दै २ लाख पुरस्कार हात पारेको हो ।
न्यु डायमन्ड दोस्रो भएर १ लाख र त्रिभूवन आर्मी तेस्रो भएर ५० हजार रुपैयाँ पुरस्कार पाएको छ । प्रतियोगितामा प्रथम पुरस्कार २ लाख, द्वितीय पुरस्कार १ लाख र तृतीय पुरस्कार ५० हजार रुपैयाँ थियो । रेडियो दिदीवहिनीले वार्षिकोत्सवको अवसरमा प्रतियोेगिता आयोजना गरेको थियो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया