विद्यालयस्तरीय क्रिकेटमा प्रतिभा र नेपाल भारत विजयी

समाधान संवाददाता
कास्की जिल्ला क्रिकेट संघको आयोजनामा भएको विद्यालयस्तरीय टी २० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा प्रतिभा र दोस्रो खेलमा नेपाल भारत मैत्री विद्यालय विजयी भएका छन् । नेप्लिज इनकाउन्टर्स एजुकेसन प्रालिको मुख्य प्रायोजन तथा जे ४ स्पोर्टसको सहप्रायोजन एवं ह्वाइवरी इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा आयोजित प्रतियोगितामा टस जितेर ब्याटिङ रोजेको सिर्जना बोर्डिङले १०७ रन बनाएको थियो । बुधबारको खेलमा नीतेश बस्नेतको १८, अवमास वस्नेतले १५, योजेन गुरुङले १३ र विक्रम ठकुरीको १२ रनको योगदानमा सिर्जनाले १०७ रनको स्कोर बनाउन सफल भए । प्रतिभाका जगदीश घिमिरेले ५ विकेट लिए । प्रतियोगितामा ५ विकेट लिने उनी एक्ला खेलाडिसमेत हुन् ।
१०८ रनको लक्ष्य पछ्याएको प्रतिभाले ११ ओभरमा पूरा गर्यो । जगदीश घिमिरेले अविजित ३६ रन हिर्काए । उनले ६ चौका ठोके । रोशन न्यौपानेले अविजित २६ रन बनाएपछि प्रतिभा लक्ष्य सहजै भेट्टाएको हो । सुशील तिवारीले १५ रन जोडे । उनी नीतेश बस्नेतको बलमा एलबी डब्लुको धरापमा परेका थिए । घिमिरे जे ४ म्यान अफ दि म्याच घोषित भएका थिए ।
दोस्रो खेलमा नेपाल भारत मैत्री विद्यालयले जुनियर सिटीजन्स एकेडेमीलाई २२ रनले पराजित गर्यो । नेपाल भारत मैत्री विद्यालयका हुजेस यासिनको अर्धसतकीय पारीमा ११५ रनको योगफल तयार पा¥यो । यासिनले ५४ रन बनाउँदै प्रतियोगिताकै पहिलो अर्धशतक पूरा गरे । हसिब यासिनले १७ रन जोडि दिए । केवल ४ विकेटको क्षतिमा ११५ रन बनाउँदै लक्ष्य प्रस्तुत गरेका थिए ।
११६ रनको लक्ष्य पछ्याएको जुनियर सिटीजन्स एकेडेमी भने ९३ रनमै समेटियो । ६ विकेट गुमाएको एकेडेमीले २० ओभर पूरै खेल्यो । उसका लागि प्रेम गुरुङले अविजित ३० रन बनाए । सन्तवन पौडेले २६ रन बनाए पनि जीतको लक्ष्य पूरा गराउन भने असमर्थ रहे । प्रतियोगितामा सिटीजन्स एकेडेमीमाथि २२ रनले जीत दिलाउने क्रममा जे ४ स्पोर्टस म्यान अफ दि म्याच घोषित बनेका नेपाल भारत मैत्री विद्यालयका कप्तान हुजैफ यासिनले सर्वाधिक ३ विकेट लिएका थिए ।







मुक्तिनाथ नजिकै बनाएको हाइअल्टिच्युड केन्द्र बेकामे
पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया