इरानमाथि सानदार जित निकाल्दै नेपाल फाइनलमा

भारतमा जारी हिरो गोल्डकपमा नेपाली राष्ट्रिय महिला टोलीले इरानलाई हराउदै फाइनलमा प्रवेश गरेको छ । घरेलु टोली भारतलाई पन्छाउँदै अघि बढेको नेपालले समूह चरणको अन्तिम खेलमा इरानलाई ३-० ले हराउँदै उपाधि नजिक पुगेको हो ।
नेपालको जितमा सावित्रा भण्डारीले २ तथा अनिता बस्नेतले १ गोल गरे । यो जितसँगै लगातार दोस्रो जित निकालेको नेपाली महिला राष्ट्रिय फुटबल टोली प्रतियोगिताको फाइनलमा पुगेको हो । प्रतियोगितामा ३ खेलबाट २ जित र १ हारसँगै ६ अंक जोड्दै नेपाल उपविजेताका रूपमा फाइनल पुगेको हो । समूहमा सतप्रतिशत जित निकालेको म्यानमार समूह विजेताको रूपमा फाइनलमा प्रवेश गर्यो । म्यानमारले आजै भएको दोस्रो खेलमा घरेलु टोलीको चुनौती २-० ले समाप्त पार्दै फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो । प्रतियोगितामा एक जित निकालेको घरेलु टोली भारत र तीनै खेलमा पराजय बेहोरेको इरान प्रतियोगिताट बाहिरिएका छन्।
साबित्राको प्रतियोगतामा चार गोल
नेपाली राष्ट्रिय महिला टोलीकी भरपर्दी फरवार्ड साबित्रा भण्डारीले जारी प्रतियोगितामा ४ गोल गर्दै सर्वाधिक गोल गर्ने खेलाडी भएकी छन् । भारतविरूद्ध दुई गोल गरेकी उनले समूह चरणको अन्तिम खेलमा आज इरानमाथि पनि २ गोल गरिन् । बुधबार समूह चरणको अन्तिम खेलमा नेपालले पहिलो हाफमा १ र दोस्रो हाफमा दुई गोल गरेको थियो। नेपालका लागि अनिता बस्नेतले खेलको ४१ औं मिनेटमा गोल गर्दै सुरूवाती अग्रता दिलाएकी थिइन् ।
पहिलो हाफमा १-० को अग्रता लिएको नेपालले दोस्रो हाफमा थप दुई गोल गर्यो । खेलको ५९ औं मिनेटमा साबित्रा भण्डारीले गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् । खेलको अन्त्यतिर अर्को गोल थप्दै साबित्राले सहज टोलीलाई सहज जित दिलाईन् । यो जितसँगै नेपालको फाइनल पुग्ने सम्भावना बलियो भएको थियो। यद्यपी अन्तिम खेलमा भारत र म्यानमारको नतिजाले नेपाललाई फाइनल पुर्याउन सक्थ्यो।
तर पनि दोस्रो खेलमा नेपाल अनुकुल नतिजा आएपछि नेपाली महिला राष्ट्रिय टोली उपाधि नजिक पुगेको हो । अब उपाधिका लागि नेपालले शुक्रबार म्यानमारविरूद्ध खेल्नेछ।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया