प्रविधि र उत्पादनमूलक शिक्षामा जोड

समाधान संवाददाता २०७५ फागुन ३ गते ८:३७

स्मीता अधिकारी

तनहुँस्थित देवघाटमा गुरुकुल शिक्षाको स्तरोन्नति हुँदै आएको छ । महेशसन्यास आश्रम देवघाटले ३२ कोठे पक्की भवनको निर्माणसँगै स्तरोन्नति हुँदै आएको हो ।

भवनमा गुरुकुल विद्यालयदेखि आचार्य
(स्नातकोत्तर तह) का पढाइहरु आधुनिक प्रविधिमा संचालन हुने आश्रमले जनाएको छ । व्यवस्थित ज्येष्ठ नागरिक आश्रयस्थल र संस्कृत शिक्षाका लागि देवघाटधाममा गुरुकुल शिक्षाको प्रवद्र्धन गर्न ज्ञान महायज्ञसमेत गरिएको छ । महायज्ञबाट उठेको रकमले गुणस्तरीय, आधुनिक प्रविधि युक्त र उत्पादनमूलक शिक्षा प्रदान गरिने आयोजकले जनाएको छ ।

Advertisement

गुरुकुलका प्राचार्य डा. गुरुप्रसाद सुवेदीले गुरुकुल विद्यालाई भ्रम सिर्जना गर्ने समूह सक्रिय बनेकाले सचेत हुनुपर्नेमा जोड दिए । उनले शिक्षा सवैको साझा र आवश्यक भएकाले गुरुकुलमा संस्कृत पढाइ हुने र संस्कृत ब्राह्मणले मात्र पढ्ने भ्रमलाई चिर्न देवघाटधाम आश्रमले विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ । गुरुकुलमा दलित, जनजाति तथा पछाडि पारिएका वर्गको अकर्षण बढी रहेको आश्रमले उल्लेख गरेको छ । यस आर्थिक वर्षमात्र १० जना दलित र जनजाति विद्यार्थी भर्ना भएको प्राचार्य डा. सुवेदीले जनाए ।

गुरुकुल शिक्षा प्रवद्र्धन गर्न ५ करोडको लागतमा ३ तले पक्की भवन बनेको छ । भवन निर्माणमा काठमाडौं, पोखरा लगायत विभिन्न क्षेत्रका दाताले निरन्तर सहयोग गरिरहेको डा. सुवेदीले जानकारी दिए । २०६० सालदेखि देवघाटधाममा कलेज तहको पढाइ भइरहेको छ । ३ सय विद्यार्थीले अध्ययन गरिरहेका छन् । संस्कृत शिक्षा प्रवद्र्धनका लागि सुरु भएको गुरुकुल शिक्षा अध्यात्ममार्फत जीवनोपयोगी शिक्षा प्रवद्र्धन थलोकोरुपमा विकास हुँदै आएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया