पिकअप दुर्घटनामा चालकको मृत्यु
समाधान संवाददाता
२०७५ फागुन ३ गते ८:४१

रासस
मोरङको मिक्लाजुङ गाउँपालिका–१ रमितेस्थित रमिते–टाँडी सडकखण्डमा हिजो साँझ पिकअप भ्यान दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
रमिते बजारबाट जाँतेतर्फ आउँदै गरेको को१च ९३२४ नं को पिकअप सडकको उकालोमा अनियन्त्रित भई क्षेत्रीखोलामा खस्दा चालक मोरङ, लेटाङ नगरपालिका–८ का ४५ वर्षीय नगेन्द्र खड्काको मृत्यु भएको हो । दुर्घटनामा पिकअपमा सवार लेटाङ नगरपालिका–१ कै ४५ वर्षीय तिलबहादुर राई र मिक्लाजुङ गाउँपालिका–५ का २० वर्षीय सुधीर नेपाल घाइते भएका छन् । घाइते दुवैको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
पिकअप भ्यान दुर्घटनास्थलमै रहेको छ भने मृतकको शवलाई परीक्षणका लागि उर्लाबारीस्थित मङ्गलबारे अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।
सम्बन्धित









वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया