प्रेस युनियन कास्की अधिवेशन फागुन ११ गते सर्‍यो

समाधान संवाददाता २०७५ फागुन ३ गते ९:३७

समाधान संवाददाता

नेपाल प्रेस युयिनयन कास्कीको नवौं अधिवेशन फागुन ११ गते हुने भएको छ । नेपाल प्रेस युनियन कास्कीको बिहीबार बसेको सल्लाहकारसहितको कार्यसमिति बैठकले अधिवेशन फागुनको ७ बाट ११ गते गर्ने निर्णय गरेको हो ।

अधिवेशन नेपाली कांग्रेसका सभपाति शेरबहादुर देउवाले गर्ने छन् । अधिवेशनमा कांग्रेसका अन्य केन्द्रीय नेताको पनि सहभागिता रहने युनियन कास्की अध्यक्ष शिरोमणि बरालले बताए । अधिवेशन सफल बनाउका लागि नेपाल प्रेस युनियन कास्की अध्यक्ष शिरोणि बरालको संयोजकत्वमा १ सय ५१ जनाको मूल आयोजक समिति तथा विभिन्न उपसमिति गठन भएका छन् ।

Advertisement

अर्थ संकलनमा रामप्रसाद भुर्तेल, आवास व्यवस्थापनमा गीता लामिछाने, भोजन व्यवस्थापनमा माधव रेग्मी, अतिथि स्वागत सत्कारमा विमला भण्डारी, मञ्च व्यवस्थापनमा सोमनाथ बराल, छपाइ तथा स्टेशनरीमा पदम श्रेष्ठ र प्रचारप्रसारमा सन्दीप पौडेल छन् ।

Advertisement

तपाईको प्रतिक्रिया