सिद्धार्थको उपचार बक्स

समाधान संवाददाता २०७५ फागुन ३ गते ९:५०

समाधान संवाददाता

सिद्धार्थ क्लबले अन्नपूर्ण गाउँपालिकास्थित सामुदायिक स्कुलका विद्यार्थीलाई लागुऔषध, एचआइभी तथा यौनजन्य संक्रमणबारे चेतना अभिवृद्धि दिएको छ । क्लबले प्राथमिक उपचार बक्ससमेत वितरण गरेको छ ।

अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष सगुन गुरुङले सामाजिक कार्यको प्रशंसा गर्दै जनचेतना फैलाउने अभियान सकारात्मक भएको बताइन् । उनले स्वाथ्य समस्या न्यूनीकरणमा सहयोग गर्ने बताउँदै सेवालाई निरन्तरता दिन आग्रह गरिन् ।

Advertisement

क्लबका अध्यक्ष विनोदप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा अन्नपूर्ण गाउँपालिका २ का अध्यक्ष चूडामणी अधिकारी, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेल, क्लबका निवर्तमान अध्यक्ष रवी मर्सानी, क्लबका सचिव प्रमोदनारायण श्रेष्ठ, गाउँपालिका शिक्षा अधिकृत बलराम भुगाईँ, संगम माविका शिक्षक हरिमान गुरुङ लगायतले बोलेका थिए ।

अन्नपूर्ण गाउँपालिकास्थित ९ विद्यालयका शिक्षक तथा विद्यार्थी सहभागी कार्यक्रममा पोखरा विश्व विद्यालयका सहप्रध्यापक निशा श्रेष्ठ र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटलका सिर्जना गौतमले सहजीकरण गरेका थिए ।

Advertisement

प्रत्येक विद्यालयमा औषधिसहित १-१ प्राथमिक उपचार बक्स वितरण गरिएको क्लबका प्रथम उपाध्यक्ष पार्वती माकाजुले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया