अन्तर्राष्ट्रिय नाटक महोत्सव १५ गतेबाट

समाधान संवाददाता
पोखरा
पोखरामा फागुन १५ गतेदेखि पोखरा अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने भएको छ । पोखराका २ नाट्य संस्था पोखरा थिएटर र युथ क्रियसन थिएटरको संयोजनमा हुने महोत्सव फागुन २२ गतेसम्म चल्नेछ ।
महोत्सवमा मेसेडोनिया, भारत, श्रीलंका र नेपालका गरी ८ वटा नाटक मञ्चन गरिनेछ । महोत्सवमा नाटक मञ्चनका अतिरिक्त सांस्कृतिक झाँकी, फोटो प्रर्दशनी, दैनिक अन्तक्र्रिया लगायतका कार्यक्रमसमेत गरिने महोत्सव निर्देशक परिवर्तन बताउँछन् । महोत्सवले नेपाली रंगमञ्च, कला र संस्कृतिलाई जगेर्ना गर्दै सांस्कृतिक पर्यटनको माध्यमबाट संसारभर फैलाउन सहयोग पुर्याउने विश्वास उनको छ ।
महोत्सवमा भारतको ब्लाक एज्ड ह्वाइट र इन ट्रान्जिट, श्रीलंमाको लव एज्ड लाइफ, मेसेडोनियाको प्राइभेट कन्फेन्सन, नेपालका मेमोरी यार्ड, गैडा टाइम्स, निरमाया र घेरो नाटक मञ्चन हुने पत्रकार सम्मेलनमार्फत जानकारी गराइयो । महोत्सव गर्न ६१ लाख खर्च लाग्ने आयोजकको अनुमान छ ।
पोखरा थिएटरले सञ्चालनमा आएको पहिलो वर्ष पुगेको छ । यो अवसरमा बिहीबार गन्र्धव नाटकघरमा आयोजित कार्यक्रममा बोल्ने वक्ताले पोखरामा नाटकघर सञ्चालनमा आएपछिको पहिलो वर्ष सुखद भए पनि यसको दिगोपनका लागि सबैको सपोर्ट आवश्यक पर्नेमा जोड दिए । पोखरा ४ का वडाध्यक्ष शंकरप्रसाद कोइरालाले पोखराको रंगकर्मका लागि वडा तथा महानगरपालिकाबाट दीर्घकालीन सहयोग गर्न प्रयास गर्ने बताए ।
युथ क्रियसन थिएटरका सचिव सौगात पोखरेलले पोखरेली नाट्य क्षेत्रलाई अगाडि बढाउन सबै लाग्नुपर्ने बताए । ‘पोखरा नाटक हेर्छ’ अभियान सञ्चालन गरी नाट्य क्षेत्रतर्फको आर्कषण बढाउन सबै लाग्नुृपर्ने उनको भनाइ थियो ।
कलाकार प्रकाश घिमिरेले पोखराको रंगमञ्चलाई चलायमान बनाउन पोखरा थिएटरले उल्लेख्य भूमिका खेलेको बताए । जिफानका संस्थापक अध्यक्षसमेत रहेका कलाकार माओत्से गुरुङले पोखरा थिएटरकै कारण १८ वर्षपछि पुनः रंगमञ्चमा फर्कन पाएको भन्दै खुसी व्यक्त गरे । पोखरा थिएटरका प्रमुख संरक्षक शंकरनाथ कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक दिलप्रसाद गुरुङले पनि बोलेका थिए ।
प्रथम वार्षिकोत्सवको अवसरमा थिएटरको वेभसाइट सुरु भएको छ । सोही अवसरमा पोखरा थिएटरले विभिन्न समयमा आयोजनाको गरेको अभिनय कार्यशालामा सहभागीलाई प्रमाणपत्र वितरण पनि गरियो । पोखरा थिएटरको उद्घाटन २०७४ फागुन २ गते भएको थियो ।







रत्नशोभा मावि व्यवस्थापन समितिमा तिमिल्सिना
‘जारी २’ र ‘मन बिनाको धन’ प्रदर्शनमा
बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै
कोरला भन्सारबाट ३ अर्ब बढी राजस्व संकलन
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया