जाजरकाेट बस दुर्घटनामा ४काे मृत्यु, ८ घाइते

समाधान संवाददाता २०७५ फागुन ३ गते १३:१६

समाधान संवादाता, सुर्खेत

जाजरकोटको रिम्नामा बिहिबार राति भएको बस दुर्घटनामा परी ४ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा ४ मध्ये २ को अझै सनाखत हुने सकेको छैन ।

दुर्घटनामा परि खजुरा गाउँपालिका–३ का हरि बहादुर रावत, जगदुल्ला गाउँपालिाका–४ का मिनबहादुर बोहराको सनाखत भएपनि अन्य दुईजनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

Advertisement

नेपालगञ्जबाट रुकुमको आठविसकोट नगरपालिकाको राडीतर्फ गैरहेको भे १ ख १३२९ नम्बरको बस भेरी नगरपालिका–१ रिम्नानजिक दुर्घटना भएको थियो । दुर्घटनामा ८ जना घाइते भएका थिए ।

घाइते हुनेहरुमा रुकुम (पश्चिम) आठविसकोट नगरपालिका–६ का वीरेन्द्र बोहरा, नलगाड नगरपालिका–५ जाजरकोटका दिवस बोहरा, भेरीगंगा नगरपालिका–१ पिपे जाजरकोटका पञ्चकली राना, जगदुल्ला गाउँपालिका–४ डोल्पाका जीतबहादुर बोहरा, रुकुम (पश्चिम) आठविसकोट नगरपालिका–१३ का लालबहादुर थापा, सोही ठाउँका भरत चन्द, बसका चालक सल्यानका मोहन राना र सहचालक बारेकोट गाउँपालिका–२ जाजरकोटका जयराम विक रहेका छन् ।

Advertisement

घाइतेहरुको जिल्ला अस्पताल जाजरकोटमा उपचार भैरहेको छ । घाइते भरत चन्दलाई भने नेपालगञ्ज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले छ । बस सडकबाट करिब २०० मिटर तल भेरीको बगरमा खसेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया