सांग्रिला बैंकद्वारा कर्जा मिनाहा

समाधान संवाददाता २०७५ फागुन ३ गते १७:२६

पोखरा महानगर पालिका वडा नम्बर १३ बस्ने मीना गुरुङको असामयिक निधनमा सांग्रिला डेभलपमेन्ट बैंक लघुवित्त विभाग पोखराले कर्जा मिनाहा गरेको छ ।

माटेपानी महिला समाज केन्द्र नम्बर १०८ की मीनाले फ्रेस हाउस तथा तरकारी व्यापार प्रयोजनका लागि बैंकबाट १ लाख ३० हजार रुपैयाँ कर्जा उपयोग गर्दै आएकी थिइन् । हालै उनको निधन भएपछि बैंकले कर्जा रकम मिनाहा गरेको हो । उक्त कर्जामा बैंकले आपतकालीन कोषबाट हिसाब मिलान गरेको छ ।

बैंकले आपतकालीन कोषबाट आफ्नो लघुवित्त कार्यक्रममा आवद्ध सदस्यलाई विभिन्न राहत सुविधा उपलब्ध गराउँछ । श्रीमानको मृत्युमा किरिया खर्च, ऋणी सदस्यको मृत्युमा कर्जा मिनाहा, प्राकृतिक विपत्तमा परेका तथा जटिल किसिमका स्वास्थ्य समस्यामा उपचार खर्च उपब्ध गराउने गर्दै आइरहेको छ ।

बैंकले २०६७ सालदेखि विपन्न वर्ग कर्जा लगानी गर्ने उद्देश्यले विभिन्न इकाइमार्फत सामूहिक जमानीमा लघुवित्त कर्जा १० हजार रुपैयाँदेखि कर्जा प्रदान गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया