सरकारी स्कुलमा सीमान्कृतमात्रै

कृष्ण न्यौपाने, दमौली
तनहुँको देवघाट गाउँपालिका ५ स्थित सिद्धमहाकाली माध्यमिक विद्यालयमा जम्मा २ जना मात्रै ब्राह्मण विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा कक्षा १ मा साक्षात तिवारी र कक्षा ७ मा विमिशा तिवारी अध्ययनरत छन् । साक्षात विद्यालयका प्रधानाध्यापक बासुदेव तिवारीका भतिजा हुन् भने विमिशा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुहरि तिवारीकी छोरी हुन् ।
भरतपुरबाट बोर्डिङ स्कुलका गाडीले विद्यार्थी लाने ल्याउने भएपछि अधिकांश अभिभावकले बालबालिका भरतपुर पठाउन थालेका कारण विद्यालयमा सीमान्तकृतका बच्चाबच्चीमात्रै रहन थालेको शिक्षक शिवहरि वाग्लेले बताए ।
१ सय ६० जना विद्यार्थी अध्ययन गर्ने यस विद्यालयमा सीमान्तकृत बोटे जातिका बालबालिकाको संख्या ४५ जना छ भने मगर र दलित समुदायका विद्यार्थी पनि धेरै रहेको वाग्लेले बताए ।
उनले भने, ‘यसै शैक्षिक सत्रबाट १० कक्षा सञ्चालनमा आएको यस विद्यालयमा प्रधानाध्यापकका भतिजा र विद्यालयका अध्यक्षका छोरीले ब्राह्मण जातका विद्यार्थीको प्रतिनिधित्व गरेका छन् । विद्यालयका प्रधानाध्यापक तिवारीले सामुदायिक विद्यालयमै आफ्ना छोराछोरी पढाउनुपर्छ भन्ने चेतना अभिभावकमा नआएसम्म यस्तो समस्या भइरहने बताए ।
विद्यालयको तथ्यांकमा बोटे समुदायका बालबालिका नै धेरै विद्यार्थीको संख्यामा देखिए पनि अधिकांश बोटे विद्यार्थीबीचमै पढाइ छाडेर नदी किनारमा बालुवा चाल्न र माछा मार्न जान्छन् । प्रधानाध्यापक तिवारीका अनुसार नदीमा भेल आउन रोकिएपछि विद्यालय प्रायः सुनसान हुन्छ । ‘त्रिशुली नदीको किनारमा रहेको उक्त विद्यालयमा वर्षायाम पछिको अधिकांश समय बोटे बालबालिका नदीको किनारमा बालुवा चालिरहेको र माछा मारिरहेको अवस्थामा भेटिन्छन्,’ उनले भने ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुहरि तिवारीले सरकारले पर्याप्त दरबन्दी र भौतिक सुविधा उपलब्ध नगराएको कारण पनि ब्राह्मण-क्षेत्री समुदायका विद्यार्थी भरतपुरको बोर्डिङ या अन्यत्रको विद्यालयमा पढ्न जाने गरेको बताए । उनका अनुसार माध्यमिक तह सञ्चालन भइसक्दा समेत प्रावि तहकै दरबन्दीका शिक्षकले पढाउनुपर्दा विद्यार्थीको नतिजामा पनि असर गरेको बताए ।







पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कोक्यापको कार्यशाला
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया