क्यान इन्फोटेक टोली जिल्लातिर

समाधान संवाददाता
कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाले ‘भायानेट क्यान इन्फोटेक–२०१९ इन एसोसिएसन विथ आइएमइ पेको तयारी तीव्र बनाएको छ । फागुन १८ देखि २४ गतेसम्म पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने प्रदेशस्तरीय इन्फोटेकको तयारीका क्रममा कास्कीसहित प्रदेशका अन्य जिल्लामा पनि प्रचारप्रसार भइरहेको अध्यक्ष युवराज पौडेलले बताए ।
क्यानले स्याङ्जामा पत्रकार सम्मेलन गरी इन्फोटेकको तयारीबारे जानकारी गराएको छ । क्यान प्रदेशका अध्यक्ष चिन्तामणि बास्तोलाले सूचना तथा प्रविधिको क्षेत्रमा इन्फोटेकले महत्वपूर्ण योगदान पुरु्याउने बताए । अन्य जिल्लामा पनि प्रचारप्रसार गरिने सचिव विकास भुर्तेलले जानकारी दिए ।
इन्फोटेकमा राखिने स्टलमध्ये ८० प्रतिशत स्टल बुकिङ भइसकेको उपाध्यक्ष विश्वास भण्डारीले जानकारी दिए । ‘बाँकी स्टल पनि बुकिङ हुने क्रम जारी छ,’ उनले भने । सूचना तथा प्रविधि क्षेत्रमा भित्रिएका नवीनतम प्रविधिलाई इन्फोटेकमा भित्र्याइने बताइएको छ । क्यान इन्फोटेकसँगै सिटी रेवान पोखराको आयोजनामा सिटी रेवान महोत्सव तथा फुड फेस्टिबल पनि हुनेछ ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया