प्रदेशस सरकार बिल्कुलै नयाँ अभ्यास हो : सांसद ईन्द्रधारा बिष्ट

समाधान संवाददाता २०७५ फागुन ५ गते ११:५७

मुलुकमा संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था सुरु भएको १ वर्ष बितिसकेको छ ।यसैको जगमा मुलुकमा संघ ,प्रदेश र स्थानीयगरी ३ तहका सरकार बने । मुलुकले ७ वटा प्रदेश सरकार पाईसकेको छ ।
गण्डकी प्रदेशले कार्यभार सम्हालेको पनि पहिलो वर्ष पूरा भईसकेको छ ।यसबीचमा प्रदेशले के कस्तो उपलब्धी हासिल गर्न सक्योरुसंघीयताप्रति जनताको विश्वास कत्तिको जगाएको छ रुयि आदी बिषयमा केन्द्रित रहेर मुस्ताङ प्रदेश ‘क’बाट निर्वाचित प्रदेशसभाका सदस्य माननीय ईन्द्रधारा बिष्टसंग समाधानकर्मी सुन्दरकुमार थकालीले गरेको कुराकानी ।

माननीय ज्यू । गण्डकी प्रदेशको १ वर्षिय कार्यकाललाई यहाले कस्तो रुपमा लिनु भएको छ ?

मेरो प्रदेशसभा कार्यकालको अनुभव भन्नुपर्दा मैले र सबै प्रदेशसभाका सदस्यहरुले एक ऐतिहाँसिक बिल्कुलै नया व्यवस्थालाई व्यवस्थापन गर्न आएको जस्तो लाग्छ ।साथै नयाँ ऐतिहाँसिक व्यवस्थालाई व्यवस्थित ढंगले अघि बढाउनुपर्ने जिम्मेवारी थपिएको छ ।

Advertisement

चुनावका बेला जनतालाई दिएका आश्वासन कत्तिको पूरा गरे जस्तो लाग्छ ?
चुनाब ताका जनतालाई दिएका आश्वासनमा म दृढ छु ।जनताले म प्रति गरेको बिश्वासलाई खेर जान दिने छैन् ।मैले जनताको घरदैलौमा जे गर्छु भनेको थिए ति कामहरु बिस्तारै सुरुवात हुदैछन् भने कतिपय कामहरु समयलाई साथमा लिएर पूरा गर्ने बिश्वास दिलाउन चाहन्छु ।

प्रदेश सभा सदस्यको मुख्य काम ऐन कानुन बनाउने हो,यो जिम्मेवारी कत्तिको पूरा गरेको छु भन्ने लाग्छ ?
हाम्रो जिम्मेवारी भनेकै नीति निर्माण तथा ऐन कानुन र बिधेयक पास गर्नुनै मुख्य काम हो ।आफु निर्वाचित भईसकेपछि एक वर्षिय कार्यकालमा करिव २५ वटा बिधयेक पास पास भईसकेका छन् भने केही बिधयेकहरु बिधान समितिमा छलफलमा अघि बढेको छ । त्यस्तै, २ वटा बिधयेक संसदमा पेश भईसकेको अवस्था छ ।

Advertisement

प्रदेश सरकारले केवल नीति निर्माण तथा ऐन कानुन र बिधयेक पास गर्नमै १ वर्ष खर्चियो रुजनता कहिले सम्म प्रदेश सरकारको कामबाट सन्तूष्ट रहन सक्लान् त ?
नीति र ऐन निर्माण कानुन निर्माण संगसगै बिकास पूर्वाधारका कामहरु क्रमिक रुपमा अघि बढ्दैछन्।हामी त्यसमा हामी अहोरात्र लागिपरेका छौ । म जनतालाई विश्वस्त चाहन्छुकी संघीय शासन प्रणाली एकदमै राम्रो व्यवस्था हो ।हामीहरुलाई तपाईहरुले दिएको जिम्मेवारी किमार्थ भुल्न सक्तैनौ ।अझै ४ वर्ष छ,यस अवधिमा तपाईहरुका संम्पूर्ण समस्या क्रमशःपूरा हुदै जाने बिश्वास दिलाउन चाहन्छु् ।

केन्द्र शक्तिशाली,स्थानीयतह पनि अधिकार सम्पन्न तर प्रदेश अधिकारविहिन भयो भन्ने भनाईमा कत्तिको सत्यता छ र ?
यो सोचाई बिल्कुलै गलत हो भन्ने लाग्छ ।संबिधानले संघीय व्यवस्था अनुसार ३ तहको सरकार बनेको र त्यही अनूरुप प्रादेशिक सरकार पनि एक हो ।केन्द्रिय सरकार बिगत २ सय वर्षदेखि स्थायी रुपमा चल्दै आईरहेको छ भने स्थानीयतह पनि सोही अनुसार अघि बढ्दै आईरहेको हो ।तर,प्रदेश सरकार बिल्कुलै नयाँ अभ्यास हो ।यसले सून्य अवस्थाबाट काम गर्नुपर्ने भएकाले मानिसहरुलाई खुल्दुली लाग्नु स्वभाबिकै हो ,तर प्रदेश सरकार यि समस्यालाई चिर्दै अघि बढ्ने कुरामा पूर्णबिश्वस्त दिलाउछु ।

प्रदेश सरकारले जिल्लामा खोलेका कार्यालयमा कर्मचारी विहिन अवस्था छ ।जसका कारण जनताले सेवाप्राप्त गर्न नसक्ने अवस्था छ ।यो अन्योल कहिले सम्म रहला ?
प्रदेश सरकार मार्फत जिल्लामा खोलिएका कार्यालयहरु हेर्दा बिद्यमान अवस्थामा कर्मचारीको संख्या न्यून भएको तथ्य सही हो ।यि समस्याको व्यवस्थापन हुदैछ ।हामी छिटोे भन्दा छिटो कर्मचारी व्यवस्थापनको समस्या सुल्झाउने दिशामा अघि बढिरकेका छौं ।दुखको कुरा यही हो मुस्ताङ दुर्गम जिल्ला भएकाले कर्मचारी जान नमान्ने अवस्था छ ।आफुले प्रदेस सरकार संग दुर्गम जिल्लामा एक वर्ष बढी बिताएका कर्मचारीलाई ठोस नीति बढाएर सरुवा बढुवाको माग गरेको छु ।

संघीयता कार्यान्वयनका लागि अहिले भईरहेका प्रयास तपाईलाई कस्तो लाग्छ ?
संघीयता कार्यान्वयनका लागि अहिले भईरहेका प्रयासहरु नेपालको सन्र्दभमा महत्वपूर्ण रहेको मेरो ठम्याई छ ।अमेरिका जस्तो देशमा पनि संघीयता कार्यान्वन हुन ७२ वर्ष लाग्यो ।यसको तुलनामा एकवर्षको काम हेर्दा हामी धेरै अघि बढेका छौ जस्तो लाग्छ ।संघीयता कार्यान्वयन र प्रदेशको भूमिका गहकिलो बनाउन हाम्रो योगदान महत्वपूर्ण हुनेछ ।

प्रदेश सरकारको सांसदको हैसियतले जनतालाई कसरी आशावादी बनाउनु हुन्छ ?
प्रदेशसभा संदस्यको हैसियतले जनतालाई के भन्न चाहन्छु भने आम नेपाली दाजुभाई तथा दिदीबहिनीहरु तथा बिभिन्न जातजाती सबै क्षेत्रको समावेशी प्रतिनिधित्व हुनेगरी प्रदेश सभा गठन भएको हा ।यस व्यवस्थामा सबैको समान अस्तित्व रहनेगरी नीति ,ऐन र बिधेयकहरु पास भएका हुन् ।हामी जनतालाई प्रदेश सरकारले गर्ने कामको अनुभूती दिलाउन प्रयत्नशील छौ ।

एक वर्षिय कार्यकालमा तपाईहरु मार्फत जिल्लाको समग्र बिकासका लागि के कस्ता काम गुर्नभयो रु अनि कस्ता कस्ता योजना तपाईहरुको पहलमा सुरु हुदैछन् ?
एक वर्षिय कार्यकालमा मुस्ताङको समग्र बिकासको करा गर्दा प्रदेशको ठुलो रकम सिचाई,पुलपुलेसा,पैरो नियन्त्रण,कालिगण्डकीनदी नियन्त्रण र मोटरबाटो निर्माणमा बजेट बिनियोजन भईसकेको छ ।कृषि,पर्यटन लगायत धेरै क्षेत्रहरुमा योजनाका बिनियोजित नीतिहरु खाकाहरु हुदै छन् ।हाम्रो अबका बाँकी दिनहरुमा जिल्लाको धार्मिक,सास्कृतिक पर्यटन, खेल पर्यटन र आर्थिक बिकासका लागि हामी लागिपरेका छौं ।

त्यस्तै,मुस्ताङको ५ वटै स्थानीयतहमा स्याउ जोन घोषणा भईसकेको र सोही अनूरुप कार्यक्रम लागु हुनेछ ।प्रदेशस सरकारले निकट भबिष्यमै कोरला देखि सुस्ता त्रिबेणी उत्तर–दक्षिण नाका संगै कोरलानाकालाई विश्वकै ठुलो भू बन्दरगाहको रुपमा बिकास गर्ने लक्ष्यका साथ काम अघि बढेको छ ।उपल्लो मुस्ताङको चराङमा एयरपोर्टमा बिमानस्थल निर्माण गर्दै दामोदरकुण्डलाई हिन्दु धर्मको पर्यटन बिकासमा जोड्ने ,उपल्लो मुस्ताङमा ट्र्सलिसन स्टेनहरु निर्माण गर्दे दुरदराजका गाउहरुरुमा बिद्युतीकरण गर्ने र सामूदायिक शिक्षाक्षेत्रलाई आधुनिकीकरण गर्दै बिकास गर्ने योजना हामीले तयार गदै छौं ।

अन्तत्यमा के ही सोध्न छुटेका भए बताई दिनुस् न ।
हामी संघीय व्यवस्थाको प्रारम्भिक अध्यायमा छौ ।सुरुवातको पहिलो मोडमा आफुहरुलाई ‘क’ अक्षर लेख्ने सुभ मौका जनताले प्रदान गरेका छन् । हामी यस मानेमा जनताप्रति अत्यन्तै आभार प्र्रकट गर्दछौ ।जनताको भरोसालाई आत्मसाथ गर्दै अबका दिनमा ‘ख’ ‘ग’ र ‘घ’ लेख्ने अभ्यासलाई अगाडि बढाउदै समृद्ध मुस्ताङको भबिष्य उज्वल बनाउने दिशातर्फ लागिपर्ने बिश्वास दिलाउन चाहन्छौ ।

तपाईको प्रतिक्रिया