पाेखरामा प्रदेशस्तरीय क्यान इन्फोटक मेला हुने

रासस, दमौली
कम्प्युटर एशोसिएशन महासङ्घ (क्यान) कास्की शाखाको आयोजनामा फागुन १८ गतेदेखि पोखरामा गण्डकी प्रदेशस्तरीय क्यान इन्फोटेक मेला हुने भएको छ ।
सूचना प्रविधिको विकास एवं प्रवद्र्धन गर्दै सर्वसाधारणसम्म सूचनाको पहुँच र प्रविधि बारे जानकारी दिने उद्देश्यले कास्की शाखाको आयोजनामा इन्फोटेक मेलाको दशौं संस्करण हुन लागेको शाखाका अध्यक्ष युवराज पौडेलले जानकारी दिए ।
आज दमौलीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा पौडेलले इन्फोटेक मेलामा बृहत् सूचना प्रविधि प्रदर्शनी, प्रदेशस्तरको टाइपिङ प्रतियोगिता, आइटी क्विज कन्टेष्ट, कम्प्युटर तथा ल्यापटपको निःशुल्क मर्मत सेवा, ल्यापटप एक्सचेन्ज अफर, आइसिटी क्षेत्रमा स्थानीयस्तरबाट गरिएको उत्पादनको प्रदर्शनी तथा नवीनतम प्रविधिका मोबाइलहरुको प्रदर्शनी एवं बिक्री वितरण गरिने बताए ।
पौडेलका अनुसार एक लाख दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको मेलामा सूचना र प्रविधिमा चासो राख्ने युवाहरुको बढी सहभागिता रहने अपेक्षा गरिएको छ । उनले भन्नुभयो, “एउटै छानामुनि प्रविधिसँग सम्बन्धित उपकरण प्रदर्शनी गरिने भएकोले दर्शकको उल्लेख्य सहभागिता रहने अनुमान गरेका छौँ ।”
क्यान कास्कीका सचिव विकास भुर्तेलका अनुसार मेलामा रु २४ लाखको आम्दानी र रु २१ लाख खर्च हुने अनुमान गरिएको छ । मेलाबाट बचत भएको रकम सूचना प्रविधिको विकासका क्षेत्रमा खर्च गरिने साथै सामाजिक क्षेत्रमा योगदान पुर्याइनेछ ।
क्यानले गत वर्ष मेलाबाट बचत भएको रकमले गृहिणीहरुलाई निःशुल्क कम्प्युटर तालीम प्रदान गरेको थियो भने यस वर्ष २१ जना दृष्टिविहीनहरुलाई कम्प्युटर शिक्षा प्रदान गरिरहेको जनाएको छ । मेलामा १०० कक्ष रहनेछ ।
इन्फोटेकको तयारीका लागि क्यान कास्कीका अध्यक्ष पौडेलको संयोजकत्वमा २६ वटा विभिन्न उपसमिति गठन गरिएको र उपसमितिले आफ्नो कामहरु तीव्ररुपमा गरिरहेको सचिव भुर्तेलले जानकारी दिए ।







कांग्रेसको निर्णय : गगन थापा भावी प्रधानमन्त्रीका उम्मेदवार, प्रचार समिति संयोजकमा चालिसे
चुनाव जिते पनि संसद् छिर्न नपाउने जोखिममा मनाङका टेकबहादुर गुरुङ
पोखरा–१५ खेलकुद : ५ किमी दौडको उपाधि विजय र समृद्धिलाई
मादीको चण्डिका विद्यालयमा अक्षरारम्भ : खेल र नाचगानबाटै शिक्षा दिन सुझाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
तपाईको प्रतिक्रिया